स्थानीय तहहरुका लागि सार्वजनिक खरिद व्यवस्थापन तालिम सम्पन्न


सुर्खेत जिल्लाका सवै स्थानीय तह तथा दैलेख जिल्लाको गुराँस गाँउपालिकाका कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि तीन दिने सार्वजनिक खरिद खरिद व्यवस्थापन तालिम सुर्खेतमा सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, प्रदेश सुशासन केन्द्र र सार्वजनिक खरिद अनुगमन कार्यालय, काठमाडौको संयुक्त आयोजनामा मा सञ्चालन भएको उक्त तालिमको उदघाटन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले भर्चुअल विधिबाट गर्नु भएको थियो ।

उदघाटन सत्रमा आफनो मन्तब्यको क्रममा प्रमुख अथिति डा. जोशीले यस तालिमको सञ्चालन पश्चात स्थानीय तहहरुको सेवा प्रवाह र सार्वजनिक खरिद प्रक्रिया ब्यवस्थित तथा पारदर्शी भई जनतामा सुशासनको प्रत्याभुती हुने विश्वास ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको उदघाटन सत्रमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रदेश कार्यक्रम निर्देशक आनन्द सारु तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुवाश शिवाकोटीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पौष २३ गते देखि २५ गते सम्म सञ्चालित सो तालिमको उदघाटन तथा समापन सत्रको अध्यक्षता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका कार्यालय प्रमुख नारायणप्रसाद रिसालले गर्नु भएको थियो ।

तालिमको समापन कार्यक्रममा प्रदेश कार्यक्रम निर्देशक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय शासकिय सुधार महाशाखाका सचिव आनन्द सारु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख नारायणप्रसाद रिसाल एवं सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुवाश शिवाकोटीले तालिममा सिकेका कुराहरु ब्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

सुर्खेत जिल्लाका सवै स्थानीय तह र दैलेखको गुराँस गाँउपालिकामा कार्यरत कर्मचारीहरुलाई दुई समूहमा गरी जम्मा ४६ जनाको सहभागिता रहेको सो तालिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयबाट प्रशिक्षण गरिएको थियो ।