तन्नेरी चासो सुर्खेतको तेश्रो वार्षिक साधारणसभा सम्पन्न



सुर्खेत। कर्णाली प्रदेशमा सार्वजानिक सेवा प्रवाह र नीतिनिर्माणमा जवाफदेहिता खोजी गर्दै आइरहेको तन्नेरी चासो सुर्खेतको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘गुनासो होइन प्रश्न गरौं’भन्ने मुल नारा बोकेको संस्थाको शनिवार सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमिति अध्यक्षमा दिनेश गौतम, उपाध्यक्ष दिनेश खत्री, सचिव लक्ष्मी पौडेल र कोषाध्यक्ष चन्द्रा रेग्मी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा श्यामप्रसाद भण्डारी, नवराज खराल, जानकी आचार्य, अनिता के.सी. र भरत गौतम निर्वाचित भएको संस्थाले जनाएको छ ।
साधारणसभामा बोल्दै अध्यक्ष दिनेश गौतमले तन्नेरी चासो सुर्खेतले यो तीन वर्षमा कर्णाली प्रदेशमा प्रश्न गर्ने संस्कृती बसाल्न, जवाफदेहीता खोज्न, जनप्रतिनिधिहरुका एजेण्डा फलोअप गर्न तथा सुचनाको हकको प्रयोग लगायतका विभिन्न् महत्वपुर्ण कार्यहरू गरेको बताए । उनले आगामी दिनहरुमा ती कामहरूलाई निरन्तरताका साथै संस्थाको प्रदेशभर रहेका ५० जनाभन्दा बढि युवाहरुको नेटवर्कमार्फत थप प्रश्न गर्ने तथा जवाफदेहिता खोज्ने अभियान निरन्तर रहने बताए ।