वीरेन्द्रनगरको सामाजिक परिक्षण सम्पन्न



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सामाजिक परिक्षण सम्पन्न भएको छ । मंगलबार नगरपालिकाको सामाजिक परिक्षण प्रतिवेदन सार्वजानिक गरिएको हो ।

आर्थिक वर्ष २०७७।७७ मा नगरपालिकाले पुँजिगत खर्चमा ७८ प्रतिशत प्रगती भएको जनाएको छ । प्रतिवेदनअनुसार जसमा ५१ वटा योजनाहरु छनौट गरिउको थियो । गत आर्थिक वर्षमा विपद् तथा वातावरण व्यवस्थापनमा ९५ प्रतिशत र सामाजिक विकासमा ६६ प्रतिशत प्रगती भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले मालपोत कार्यालयमा कर्मचारी खटाइ नागरिकहरुको सहज सेवाप्रवाहको मागलाई सम्बोधन गरिएको जनाएको छ । नगरपालिकाका गत आ.व. का १८८ वटा नीतिहरमध्ये ११९ नीति तथा कार्यक्रमहरु कार्यान्वयन, २२ वटा आंशिक कार्यान्वयन र ४७ वटा नीतिहरु कार्यान्वयनको लागि प्रयास भएको नगरपालिकाले जनाएको छ ।