अनेरास्ववियू सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


अनेरास्ववियू सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य कुलमणी देबकोटा हुनुहुन्थ्यो भने कार्यक्रमको सभापति अनेरास्ववियृ सुर्खेत संयोजक धुपेन्द्र बहादुर शाहीले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा २५ जना रक्तदाता गरेका संयोजक शाहीले बताए । केन्द्रीय निर्देशन अनुसार फागुन सात गते प्रजातन्त्र दिवसका अनुसार रक्तदाता कार्यक्रम आयोजना गरिएको हो । यसैगरी हामीले केन्द्रीय निर्देशन अनुसार फागुन १४ गते भित्र सबै क्याम्पस र स्थानीय निकायहरूमा कमिटी गठन हुने बताए ।