कर्णाली प्रदेश समाज जापानद्वारा मानवसेवा आश्रम सुर्खेतलाई सहयाेग


कर्णाली प्रदेश समाज जापानद्वारा मानवसेवा आश्रम सुर्खेतलाई सहयाेग गरिएकाे छ । लायन्स क्लब अफ सुर्खेत दोभानचौरको समन्वयमाआज एक औपचारिक कार्यक्रमकाबीच नगद रू. एक लाख एघार हजार एक सय एघार हस्तान्तरण गरिएको हाे ।
उक्त रकम कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५B2 का कोअर्डिनेटर MJF टिकाराम चपाईले आश्रमका प्रदेश संयोजक सिर्जना ओलीज्यूलाई हस्तान्तरण गर्नु भएको हाे । कार्यक्रममा विशेष अतिथिको रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य उत्तम शर्मा रहनु भएको थियो साथै मोटे ग्यांग नेपालका अध्यक्ष कुमार शमसेर थापा तनाव छ जिन्दगीका अध्यक्ष संजय योगी लगायतको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ सुर्खेत दोभानचौनका उपाध्यक्ष शोभा बस्नेतले गर्नु भएको थियो ।
कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले आउॅंदा दिनहरूमा कर्णाली प्रदेशमा यस्तै थुप्रै सेवामूलक कार्यहरू गर्ने बताउनुभयो ।