सिद्धपाइला क्याम्पसका विद्यार्थिद्वारा रक्तदान


सुर्खेत । सुर्खेतको सिद्धपाइला क्याम्पसका विद्यार्थिहरुले रक्तदान गरेका छन् । मंगलबार वीरेन्द्रनगरस्थित पिपलचौतारीमा रक्तदान कार्यक्रम संचालन गरिएको सिद्धपाइला विद्यार्थि समाजका अध्यक्ष लक्ष्मी तिवारीले बताइन ।


सिद्धपाइला विद्यार्थि समाजद्धारा आयोजित उक्त रक्तदान कार्यक्रममा क्याम्पसका ४५ जनाभन्दा बढि विद्यार्थिले रक्तदान गरेको क्याम्पसप्रमुख उपेन्द्रकुमार सुवेदीले जानकारी दिए । ‘विद्यार्थिहरुलाई सामाजिक कार्यमा संग्लग्न गराउन हामिले हरेक वर्ष रक्तदान कार्यक्रम संचालन गर्दै आएका छौं ।’ उनले भने, ‘विद्यार्थिहरुले उत्साहित भएर रक्तदान गर्नुभयो ।’
आगामी दिनहरुमा पनि क्याम्पसले यस्तैखालका विभिन्न सामाजिक कार्य गरिरहने क्याम्पस प्मुख सुवेदीले बताए ।