नेपाल इन्जिनियर्स एसोसिएसनको प्रदेश पदाधिकारीका लागि संयुक्त बाम प्यानलको मनोनयन दर्ता



सुर्खेत । नेपाल इन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेश समितिको आसन्न अधिवेशनका लागि संयुक्त बाम प्यानलले मनोनयन दर्ता गरेको छ । सोमबार सभापति पदका उम्मेदवार नरेश खड्काको संयोजकत्वमा उक्त टिमले उमेदवारी दर्ता गराएको हो । जसमा उपसभापतिको उमेदवारमा महेश ढुंगाना (दैलेख), सचिवमा तुलाराम शर्मा (सुर्खेत), सहसचिवमा हेमन्त न्यौपाने (मुगु), कोषाअध्यक्षमा देवेन्द्र भट्टराई (जुम्ला) ले उमेदवारी दिएका हुन् । त्यसैगरी संयुक्त बाम प्यानलको तर्फबाट एसोसिएसनको सदस्यमा देबेन्द्रबहादुर सिंह (दैलेख), नगेन्द्रप्रसाद चौलागाईं (कालिकोट), कमलप्रसाद पाण्डे (जुम्ला), निलम बुढा (दैलेख), नविन थापा (दैलेख), बादल बुढा (डोल्पा), बालाराम तिवारी (सुर्खेत), उक्तम चौलागाईं (जुम्ला), बमबहादुर भण्डारी ( मध्यपश्चिमाञ्चल विश्वविद्यालय), नरेन्द्र भट्ट (सीटीइभीटी), ले उमेदवारी दिएका हुन । उक्त प्यानलबाट एसोसियनको केन्द्रिय सदस्यको लागि सल्यानका विनोद पुनले उमेदवारी दिएका हुन ।
नेपाल इन्जिनियर्स एसोसिएसनको अधिवेशन आगामी २०७८ बैशाख २४ गते हुँदैछ । उक्त अधिवेशनमा कर्णाली प्रदेशमा कुल मतदाता संख्या ६११ जना रहेका छन् । अनुभवी कर्तव्यनिष्ठ उमेदवार एवम् करिब ३२० भन्दा बढि मतदाता संयुक्त बाम प्यानलसंग रहेकोले आफुहरुले ढुक्क जित्ने उक्त प्यानलका उमेदवारहरुले दावी गरेका छन् । बाम प्यानलले इन्जिनियरहरुको पेसागत सुरक्षा, क्षमता विकास र प्रविधिअनुकुल रुपान्तरणका लागि आफुहरुले उमेदवारी दिइएको समेत जनाएको छ ।