कर्णाली सरकारमा रहेका एमालेका तीन मन्त्रीले दिए राजीनामा


क्रमश नन्दसिं बुढा, प्रकाश ज्वाला र दल रावल 

सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीन जना मन्त्रीले सामुहिक राजिनामा दिएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा  रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मंगलबार पत्रकार सम्मेलन गरेर संयुक्त राजीनामा दिएका हुन् ।आइतबार बसेकाे नेकपा उमालेकाे संसदीय दलकाे बैठकले सरकारमा रहेका मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएकाे थियाे । राजिनामा दिएसंगे उनिहरु केहिबेरमा बस्ने नेकपा एमाले संसदिय दलकाे बैठकमा सहभागी हुने जनाइएकाे छ ।