“एनवाईइएफ” सुर्खेत च्याप्टर गठन


सुर्खेत ।

शनिवार NYEF को सुर्खेत च्याप्टर स्थापना भएको छ । केन्द्र बाट आएको समितिले सन्देश रावतको अध्यक्षतामा जम्मा १० सदस्य समिति गठन गरेको छ । अध्यक्षमा सन्देश रावत , प्रथम उपाध्यक्षमा श्याम विष्ट , दोश्रो उपाध्यक्षमा तेजेन्द्र कार्कि सहित बाकी ७ सदस्य गरी जम्मा १० जनाको च्याप्टर गठन भएको छ ।

“नेपालीको चाहाना शान्तीको स्थापना ” सहितको मुल उद्देश्यका साथ संस्था स्थापना भएको NYEF का केन्द्रिय अध्यक्ष प्रकाश देव पालिखेले वताए । कार्यक्रममा चितवन च्याप्टर अध्यक्ष कृष्ण सापकोटाले वढ्दो युवाहरुको बिदेशीने प्रवृद्बीले नेपाल पछी परेको र यसलाइ निर्मुल पार्नका लागी १८ देखी ४० बर्षका युवाहरुलाइ यही नेपालमा उद्यमी बन्न बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायी बाट सिप तथा तलिम उपलब्ध हुने बताए ।

कार्यक्रममा प्रमुख अथिति NYEF का केन्द्रिय अध्यक्ष प्रकाश देव पालिखे , बिशेष अथिति उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष हर्ष बिक्रम खड्का, बिशेष अथिति ट्रेड युनियन कांग्रेसका अध्यक्ष गणेश कार्कि, बिशेष अथिति उद्योग उपाध्यक्ष गणेश बस्नेत, विशेष अथिति वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकाल को उपस्थिति थियो ।

कार्यक्रमको अन्त्यमा सुर्खेत च्याप्टरका अध्यक्ष सन्देश रावतले  यस कार्यक्रम मार्फत १८ बर्ष देखी ४० बर्ष उमेर समुहका युवा वर्ग व्यक्तित्व विकासका साथै नेपालमा नै युवा स्वरोजगार तथा युवा उद्यमी लाइ प्रोत्साहन गर्ने बताए ।

कार्यक्रममा एनवाईइएफकाे बारेमा संस्थाका उपाध्यक्ष सुमोद मान सैजुले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।