बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ९२ पुग्यो


बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ।

नेपालगन्ज मेडिकल कलेजको प्रि–आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज ३ का २६ वर्षीय पुरुष, भेरी अस्पतालमा उपचाररत कोहलपुर १ की ६० वर्षीया महिला र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत तुल्सीपुर ९ दाङकी ७४ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए।

योसँगै कोरोनाबाट बाँकेका ९२ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०६ जनाको मृत्यु भएको छ।