प्रहरीलाई माक्स र सेनिटाइजर वितरण


सुर्खेत महिला जेसीजले प्रहरीलाई माक्स र सेनिटाइजर उपलब्ध गराएकाे छ। काराेनाकाे दाेस्राे लहरका कारण जारी निषेधाज्ञा कार्यान्वयनमा चाेकचाेकमा खटिने प्रहरीकाे सुरक्षाका लागि माक्स र सेनिटाइज उपलब्ध गराएको अध्यक्ष लक्ष्मी गुरूङले जानकारी दिइन ।
महिला जेसीजले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टलाई माक्स र सेनिटाईज उपलब्ध गराएको थियो । एसपी भट्ले बजारमा किन्दासमेत माक्स र सेनिटाइज पाउने अबस्था नरहेको बेला महिला जेसीजले उपलब्ध गराएको सामाग्रीले ड्युटीमा खटिने प्रहरीलाई ठूलो राहत हुने बताए ।
काेराेनाकाे दाेस्राे लहरले ड्युटीमा खटिएका प्रहरी पनि अछुतो रहेनन्,उनले भने यस्तो संकटको बेलामा गरिएको सहयोग हाम्रा लागि महत्त्वपूर्ण छ” सुर्खेत महिला जेसीजका महासचिव सीता भण्डारीले चाेकचाेकमा ड्युटीमा खटिएका प्रहरीको अाधारभूत सुरक्षालाई ध्यानमा राखेर माक्स र सेनिटाइज उपलब्ध गराइएको बताइन् ।