गुर्भाकोट नगरपालिकाले १०० बेडको आईसुलेसन सञ्चालन गर्ने


सुर्खेतको गुर्भाकोट नगरपालिकाले सिटिहलमा १०० बेडको आईसुलेसन अक्सिजन सहितको बनाउने भएको छ्।नगर प्रमुख हस्त पुनका अनुसार नगरपालिकाले मेहेलकुना सिटि हललाई आईसुलेसन बनाउनका लागि आवस्यक तयारी थालेको छ ।
नगर प्रमुख पुनले सम्पुर्ण नगर बासिहरुलाई अति आवश्यक काम् बाहेक बाहिर नजान र स्वास्थ सम्बन्धि कुनै समस्या भएमा नजिकको स्वास्थ केन्द्र तथा अस्पतालमा सम्पर्क गर्न समेत अनुरोध गर्नुभयो ।
नगरपालिकाले नगर भित्र संचालित बिकास निर्माणका काममा समेत भौतिक दुरी र स्वास्थ मापदण्ड अपनाएर कार्य संचालन गर्न समेत निर्देशन दिएको छ।