वीरेन्द्रनगरले ५० बेडको अक्सिजनसहित अस्पताल सञ्चालन गर्ने, आपतकालीन सेवाका लाग नयाँ एम्बुलेन्स


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कोरोना संक्रमितको दर र मृत्युदर बढ्दै गए पछि चैत्र १४ गते देखी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । स्थानीयस्तरमा समेत पालिकाहरुले आफ्नो तयारी थालेका छन् ।
कोरोनाका बिरामीले अस्पतालमा बेड पाउन मुस्किल हुने अवस्था आउन नदिनका लागि कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको अक्सिजन सहित आईसुलेसन अस्पताल सञ्चालन गर्ने भएको हो ।
तत्कालै २५ बेडको सेवा सुरु गरिने नगर प्रमुख देबकुमार सुबेदिले बताए। कटुकुवा स्वास्थ्य चौकीको नयाँ भवनलाई अक्सिजन सहितको आईसुलेसन अस्पतालको रुपमा सेवा सञ्चालन गर्न लागिएको हो ।
पछिल्लो समयमा वीरेन्द्रनगरमा संक्रमितको सङ्ख्या दिन प्रतिदिन बडदै गएकोले नगरपालिकाले पुर्व तयारी तथा परीक्षण दरमा समेत तिब्रता दिएको नगर प्रमुख सुवेदीले बताए ।उनले सम्पुर्ण नगर बासिहरुलाई अति आवश्यक काम् बाहेक बाहिर नजान र स्वास्थ सम्बन्धि कुनै समस्या भएमा फोनबाट तथा नजिकको स्वास्थ केन्द्र तथा अस्पतालमा सम्पर्क गर्न समेत अनुरोध गरे ।
नगरपालिकाले नगर भित्र संचालित बिकास निर्माणका काममा समेत भौतिक दुरी र स्वास्थ मापदण्ड अपनाएर कार्य संचालन गर्न समेत निर्देशन दिएको छ।यस्तै वीरेन्द्रनगर नगरपालिकाले हप्ताको दुईदिन सोमबार र शुक्रबार कोरोना परिक्षण समेत गर्ने गरेको छ । नगरपालिकाले आपतकालीन सेवाका लागि नयाँ एम्बुलेन्स पनि सन्चलानमा ल्याएको छ।