वीरेन्द्रनगरमा २५ शैयाको अक्सिजनसहित कोभिड अस्पताल शुभारम्भ


सुर्खेत ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दास्रो लहर तिब्र रुपमा फैलिएसंगै कर्णाली प्रदेशको राजधानी सुर्खेतका वीरेन्द्रनगर नगरपालिकामा २५ शैयाको कोभिड अस्पताल सुभारम्भ भएको छ ।
वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीमा शुक्रबार नगर प्रमुख देवकुमार सुवेदीले एक समारोहको बिच शुभारम्भ गरेका हुन् ।

समारोहमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नगर उपप्रमुख मोहनमाया ढकाल, प्रदेश अस्पतालका कन्सलटेन्ट चिकित्सकहरू डा. नवराज केसी., , प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, डा अर्चना कार्की र नर्सिङ स्टाफहरू, जनस्वास्थ्य शाखा र कोभिड ब्यवस्थापन टिम लगायतको उपस्थिति रहेको थियो। साथै स्वतःस्फूर्त सहयोगी डाक्टर प्रदिप न्यौपानेसमेतको सहभागिता रहेको थियो ।

अस्पतालबाट अक्सिजन सहित डाक्टर तथा नर्सको सेवा उपलब्ध रहने जानकारी गराइने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जनकारी दिए। पछिल्लो समयमा वीरेन्द्रनगरमा संक्रमितको सङ्ख्या दिन प्रतिदिन बडदै गएकोले नगरपालिकाले पुर्व तयारी तथा परीक्षण दरमा समेत तिब्रता दिएको नगर प्रमुख सुवेदीले बताए ।

उनले सम्पुर्ण नगर बासिहरुलाई अति आवश्यक काम् बाहेक बाहिर नजान र स्वास्थ सम्बन्धि कुनै समस्या भएमा फोनबाट तथा नजिकको स्वास्थ केन्द्र तथा अस्पतालमा सम्पर्क गर्न समेत अनुरोध गरे ।


नगरपालिकाले नगर भित्र संचालित बिकास निर्माणका काममा समेत भौतिक दुरी र स्वास्थ मापदण्ड अपनाएर कार्य संचालन गर्न समेत निर्देशन दिएको छ।यस्तै वीरेन्द्रनगर नगरपालिकाले हप्ताको दुईदिन सोमबार र शुक्रबार कोरोना परिक्षण समेत गर्ने गरेको छ ।

नगरपालिकाले आपतकालीन सेवाका लागि नयाँ एम्बुलेन्स पनि सन्चलानमा ल्याएको छ। नगरपालिकाले काेभिडकाे परिक्षणकाे दायरासमेत बढाएकाे छ ।

नगरपालिकाले आपतकालिन अवस्थामा एम्बुलेन्सबाहेक अन्य गाडिहरु पनि प्रयाेग गर्नसक्नेगरी तयारी गरेकाे जनाएकाे छ ।