कोभिड बिरामी उद्धारका लागि वीरेन्द्रनगरका ६ निर्णय


सुर्खेत । कोभिड बिरामीको उद्धारका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुख देब कुमार सुबेदिको अध्यक्षतामा बसेको आन्तरिक बैठकले एम्बुलेन्स व्वस्थापनबारे ६ निर्णय सार्वजिक गरेको छ ।

यस्ता छन् ६ निर्णय

१. दिनको समय (७ बजेदेखि ७ बजेसम्म) मा जनस्वास्थ्यको १ र नगरपालिकाको १ गरि २ एम्बुलेन्सले पालैपालो गरि वीरेन्द्रनगर क्षेत्रभित्रका विरामी बोक्ने ।

२. रातको समयमा जनस्वास्थ्यको थप अर्को १ वटा एम्बुलेन्सले सेवा गर्ने।

३. एम्बुलेन्स छुट्नु पूर्व कोभिड पोजेटिभ भएको, लक्षणहरू भएको र अस्पतालमा बेडको एकीन स्वयं बिरामीले वा कटकुवा अस्पतालको ड्यूटीको स्वास्थ्यकर्मीले एकीन गर्ने । र अस्पतालबाट डिस्चार्ज भएका वा कोभिड टेस्ट नगरेका विरामी कोभिड एम्बुलेन्सले नबोक्ने।

४. एम्बुलेन्स बोलाउँदा कटकुवा कोभिड हस्पिटलको नम्बर ०८३ ५२४४०३ मा सम्पर्क गर्नुपर्ने । स्वास्थ्यकर्मीले बिरामिको बारेमा बिस्तृत बुझेर मात्र एम्बुलेन्स खटाउने ।

५. जनप्रतिनिधी र कर्मचारीको सम्पर्कमा आउने बिरामीलाई समेत ०८३ ५२४४०३ मा सम्पर्क गर्न नम्बर दिने।

६. ल्याण्डलाईन ब्यस्त भए ईन्चार्जको ९८५८३२०००४ नम्बरमा गर्ने ।