कर्णालीमा अक्सिजनको हाहाकार , स्वास्थ्य राज्यमन्त्री रावत मौन


सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा प्रदेश सरकारको मातहतमा रहेको कर्णाली प्रदेश अस्पतालले हालै अक्सिजनको अभावका कारण कोभिड – १९ का बिरामी लाइ अस्पतालमा भर्ना गर्न नसकिने सूचना प्रकाशन गरेको छ । उक्त सूचना लाइ लिएर कर्णाली बासिहरुमा निराशा र भय पैदा भएको छ।सुर्खेत र समग्र प्रदेशका नागरिकले सामाजिक संजालमा बिभिन्न टिकाटिप्पणी सहित मुख्यमन्त्री , मन्त्री सहित निर्वाचित जन प्रतिनिधिहरुको आलोचना गरेका छन् बैशाख ३१ गतेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जेठ १५ सम्म कडा लकडाउन गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश प्रतिष्ठा जोडिएको प्रदेश अस्पतालको सूचानाले नागरिक हरुमा राज्यप्रती थप निराशा सिर्जना भएको छ।प्रदेश अस्पतालले थप बिरामी नराख्ने सूचना निकाले पछि कर्णाली प्रदेश सभा सदस्य विपक्ष दलका नेता यामलाल कडेल आफ्नो फेसबुक वालमा यसो लेख्नुहुन्छ

फोटो : फेसबुक वाल बाट साभार

सुविधा सम्पन्न भनिएको अस्पतालले अक्सिजनको चरम अभाव भएकोले नयाँ विरामी लिन नसक्ने जारी सूचनामा उल्लेख छ । गृहजिल्लामा कोरोनाको भयावह अवस्था बन्दै जाँदा पनि राज्यमन्त्री रावत मौन भएको भन्दै रावतको सामाजिक संजालमा आलोचना भएको छ । यति मात्रै हैन् की आफ्नै जिल्लाका नागरिकहरु कोरोनाबाट बेड नपाएर छटपटाउँदा समेत रावतले कुनै पहल नगरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।