सुर्खेत समाज दक्षिण कोयिरयाद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण


सुर्खेत । सुर्खेतबाट बैदेशिक रोजगारीको लागि कोरियामा रहेका युवाहरुले कोरोना महामारीका कारण खाद्यान्नको जोहो गर्न समस्यामा रहेका समुदायहरुलाई सहयोग गरेका छन् ।
विदेशी भुमिमा श्रम गरी कमाएको आम्दानी बाट केहि रकम छुट्याएर उनिहरुले सामाजिक कार्यमा सहयोग गर्दै आइरहेका छन । सुर्खेत समाज दक्षिण कोरिया द्वारा विपन्न समुदायहरुलाई खाद्यान्न वितरण गरिएको छ ।
विहिबार वीरेन्द्रनगरमा सुर्खेत समाज दक्षिण कोरियाका पुर्व पदाधिकारी एवं सल्लाहाकार आइ .पी .लामिछानेको नेतृत्वमा खाद्यान्न वितरण गरिएको हो । वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रमा रहेका बाढिपिडित परिवार, मानवसेवा आश्रम र साझा घरलाई चामल, तेल र नुन लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको सल्लाहाकार आइ.पी. लामिछानेले जानकारी दिए ।
वितरणका लागि समाजका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद ढकाल पुर्व अध्यक्ष लोकेश खत्री र केशव तिवारिको सहभागिता रहेको थियो ।
बिहिबार ३६ बोरा चामलसहित नुन र तेल वितरण गरिएको सुर्खेत समाज दक्षिण कोरियाका वर्तमान अध्यक्ष बखत थापाले जानकारी दिए । उनका अनुसार सुर्खेत समाज दक्षिण कोरियाले सुर्खेत जिल्लाका सबै स्थानीय तहहरुलाई समेट्ने गरी विपन्न परिवारहरुलाइ खाद्यान्न वितरण गर्ने तयारी रहेको छ ।

 यसै क्रममा बिहिबार वीरेन्द्रनगरमा पहिलो चरणमा ९ क्विन्टल चामलसहित नुन तथा तेल लगायतका खाद्यान्न वितरण गरिएको हो । समाज मार्फत खाद्यान्न सहयोग पाएपछि वीरेन्द्रनगर स्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका बाढिपिडित समुदायका नागरिकहरु ,मानव सेवा आश्रम र साझा घरहरूले आफुहरु समाजप्रति कृतज्ञ रहेको बताए । समाजका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद ढकालले वर्तमान कार्यसमिति र सहयोगी मनहरु प्रति धन्यवाद प्रकट गरे । संस्था सन् २०१२ मा स्थापना भइ विभिन्न सामाजिक कार्य र सहयोग गर्दै आइरहेको छ ।