राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी


सुर्खेत : राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी भएको छ। पक्राउ परेका गुर्भाकोट ९ का २९ वर्षीय विनोद पुन, दोमनबहादुर घर्ती र भूपेन्द्र बुढाविरुद्ध यौन दुर्व्यवहार तथा जबरजस्तीकरणी मुद्दामा किटानी जाहेरी भएको हो।

 

उक्त तीन युवकमाथि महिला तथा बालबालिकाका क्षेत्रमा क्रियाशील एक गैरसरकारी संस्थाले सोमबार किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

हिजो (आइतबार) एकाबिहानै घटना बाहिरिएलगत्तै उक्त संस्थाले सार्वजनिक भएको भिडियोलाई उत्तम प्रमाण मान्दै यौन दुर्व्यवहार तथा जबर्जस्तीकरण मुद्दामा किटानी जाहेरी भएको डिएसपी रामप्रसाद घर्तीमगरले बताए।

उनका अनुसार उनीहरुलाई ५ दिनको म्याद थप गरी अनुसन्धानसमेत भइरहेको छ। ती युवकले प्रारम्भिक अनुसन्धानका क्रममा आफूमाथि लागेको आरोप स्विकार गरिसकेका छन्।