नगर स्वास्थ्य प्रोफाइल तयार गरिने


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षमा नगर स्वास्थ्य प्रोफाइल तयार गरिने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया ढकालले यस्तो बताएकी हुन् ।