यस्तो छ वीरेन्द्रनगरको आगामी बजेट (पूर्णपाठ)


नवौं नगरसभा

वीरेन्द्रनगर नगरपालिकासुर्खेत 

 

 नगरसभाका आदरणीय सभाध्यक्षज्यू तथा सम्पूर्ण सदस्यज्यूहरु,

      नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारहरु मध्ये एक, कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्ननगर नगरपालिकाको नवौं नगर सभामा नगरकार्यपालिकाको तर्फवाट यस बैठकमा आज फेरी संवोधन गर्न पाउँदा मलाई खुसी लागेको छ ।

राष्ट्रिय एकता र अखण्डता कायम गरी सिंगो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने राष्ट्रिय हितका खातिर देशको विभिन्न राजनैतिक तथा सामाजिक आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञात अज्ञात सम्पूर्ण वीर शहिदहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । साथै विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाज परिवर्तनको अग्रस्थानमा रहनुहुने सम्पूर्ण अग्रजहरु प्रति सम्मान व्यक्त   गर्दछु ।

          देश आज विश्वब्यापि महामारीको रुपमा फैलिएको नयां भेरियन्ट सहितको कोभिड १९ को महामारीको चपेटामा परिरहेको परिस्थितिमा अत्यन्त असहज चुनौतिपूर्ण अवस्थामा अघि बढ्दै गर्दा वीरेन्द्रनगर नगरपालिकाको नवौं नगरसभा सम्पन्न हुन गइरहेको   छ । आज विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण मानव जाति माथि सबैभन्दा ठूलो संकट आइपरेको बेला यसले हाम्रो देश प्रदेश र नगरलाई अछुतो रहन दिएन ।

यसलाई प्ररास्त गर्न हामी सबैको उच्च मनोबल र सावधानीका साथ सामूहिक एक्कबद्धता र सहकार्यको आवश्यकता रहनेछ । वीरेन्द्रनगर नगरपालिकाले कोरोना विरुद्धको अभियानका क्रममा कोभिड अस्पताल, निशुल्क पि सि आर परिक्षण लगायतका कार्यक्रम मार्फत सरकारले घोषणा गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन अहोरात्र खटिनेहुने स्वास्थ्कर्मी, कर्मचारी, जनप्रतिनिधि, संचार कर्मि, मानव अधिकार कर्मी लगायत सबैमा हार्दिक आभार प्रकट गर्दछु । कोरोना महामारीको संकट सँगै जुध्दै विकास निर्माणको कार्यमा अहोरात्र खटिदै नगरबासिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिदै अगाडि बढ्न सबैको हातेमालो र सहकार्यको अपेक्षा गर्दछु ।

यस महामारीवाट हजारौंको संख्यामा संक्रमित हुनुहुने ब्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभ एवम् संक्रमण मुक्तिको कामना गर्दै कोभिडको कारण ज्यान गुमाउनु हुने महानुभाव प्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछु ।

नगरसभा अध्यक्ष एवं सदस्यज्यूहरु,

राज्यको पुर्नसंरचनाका क्रममा कर्णाली प्रदेशको राजधानी र सुर्खेत जिल्लाको समेत सदरमुकाम रहेको यस नगरपालिकालाई सुविधा सम्पन्न, व्यवस्थित र सुन्दर शहरका रुपमा विकास गर्न र सोही अनुरुप आवश्यक संरचनाहरु निर्माण गर्ने चुनौति हाम्रा बीचमा रहेको छ । सवै क्षेत्रवाट यसलाई विकास गर्नका लागि सम्पूर्ण सरोकारवालाहरुले यसमा ध्यान पुर्याउन जरुरी रहेको हुनाले यस तर्फ सवैलाई जानकारी एवं ध्यानआर्कषण गराउन वीरेन्द्रनगरको विद्यमान अवस्थाको पुनस्मरण  गर्ने अनुमति चाहन्छु ।

 

सबलपक्ष

  • यो नगरपालिका कर्णाली प्रदेशको राजधानी एवम् सुर्खेत जिल्लाको सदरमुकामका रुपमा रहनुका साथै कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा रहेको छ । नगरपालिका कर्णाली प्रदेश अन्तरगत पर्ने जिल्लाहरुको शैक्षिक, प्रशासनिक, पर्यटकीय, स्वास्थ र व्यापारिक सेवाको केन्द्रका रुपमा समेत रहेको छ । त्यस्तै नगरको मनोरम उपत्यका र उपत्यका भित्रका काक्रेविहार, बुलबुले, देउती वज्यै, घण्टाघरका साथमा विभिन्न मठमन्दिर, गुम्वा, चैत्य, मस्जिद र चर्चहरुले वीरेन्द्रनगरको बसाईलाई रमणीय बनाउँछ ।
  • छिमेकी जिल्ला दैलेख, सल्यान लगायत मुगु जिल्लाको रारा र मानसरोवर सम्मको यात्राका लागि प्रेरित गर्ने थलोको रुपमा समेत विरेन्द्रनगर रहनुका साथै वीरेन्द्रनगरको अनुकूल हावापानी तथा जैविक विविधता र हरियाली समेत यस नगरका सवल पक्षका रुपमा लिन सकिन्छ ।

 

सुधारोन्मुख पक्ष

  • विस्तारीत नगर क्षेत्रको गुरुयोजना निर्माण, पानीको प्रयाप्त स्रोत अभाव, उपत्यकाको ढल निकास, अप्रयाप्त एअरपोर्ट, विद्युतको उच्च प्रशारण लाईन विस्तार, नेपालगंज सुर्खेतको वाटो व्यवस्थित गुर्नपर्ने, खानेपानीमा पर्याप्त पहुँच विस्तार गर्नु, राजधानी केन्द्रित शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि पर्याप्त श्रोत जुटाउनु र गरीवी निवारणलाई नगरको सुधार गर्नुपर्ने पक्षका रुपमा लिन सकिन्छ ।

 

अवसर

  • कर्णाली प्रदेशको राजधानी, मध्यपश्चिमाञ्चल विश्व विद्यालय सहित यस क्षेत्रको शैक्षिक केन्द्र, प्रदेश अस्पताल, कर्णालीको प्रवेश द्वार, पहाड र तराई मिश्रित भुभाग, समतल खुल्ला क्षेत्र, कृषि, पशुपालन, वन जंगल एवं हरियाली क्षेत्र, जैविक विविधता, कर्णाली र भेरी नदीले घेरिएको भुभाग, काँक्रेविहार, बुलबुले, देउती बज्यै, शिव मन्दिर, उत्तरगंगा मन्दिर, शहीद पार्क, पातल दरवार, रानीघाट, जर्बुटा, शक्तेकाँडा, अँधेरी गुफा, बयालकाँडा गढी लगायतका पर्यटकीय, धार्मिक, पुरातात्विक तथा दर्शनिय स्थल, स्थानीय जात जातीका लोक कला संस्कृती र मानव श्रोतलाई यस नगरपालिकाको अवसरका रुपमा लिन सकिन्छ ।

 

आदरणीय नगर सभा सदस्यज्यूहरु,

 

अब म माथि उल्लेखित नगरपालिकाका सवल पक्ष र अवसर संगै हामीले सामना गर्नुपर्ने चुनौतीहरूको बारेमा उल्लेख गर्न चाहन्छु ।

  • संसारभर महाविपत्तीका रुपमा फैलिएको कोरोना (कोभिड १९) संग सामना गर्दे जनचाहना अनुरुप समग्र विकासका गतिविधिलाई समेत अगाडी वढाउनु पर्नेछ ।
  • नगरपालिकाको कार्यचापमा वृद्धि भएसंगै स्रोत साधनको कमी हुनु ।
  • राजधानी केन्द्रित पूर्वाधार विकासका लागि आवश्यक स्रोत पर्याप्त नहुनु ।
  • नगरको पूर्वाधार तर्फ अव्यवस्थित बसोबास, खानेपानीको प्रवन्ध, उपत्यकाको ढल निकास, ऐलानी प्रति जग्गा र खोला छेउ अतिक्रमणलाई व्यवस्थित गर्नुपर्ने ।
  • स्थानीय स्रोत साधनको पहिचान, परिचालन र व्यवस्थापन नयां परिवेश अनुकुलको व्यवस्था गर्नुपर्ने अवस्था छ ।
  • नयां परिवेशमा संविधान तथा अन्य कानुनको मर्म अनुरुप काम गर्नु पर्ने तथा साविक देखिका बाढि पिडित तथा सुकुम्बासीको व्यवस्थापन गर्नुपर्ने
  • बदलिँदो परिवेशमा नगरपालिकाको सेवा प्रवाह प्रक्रियालाई गुणस्तरिय र प्रविधिमैत्री वनाउनु समेत चुनौतिका रुपमा रहेका छन् ।

 

नगर सभाका अध्यक्ष एवं सदस्यज्यूहरु,

  • कोरोनाको कहर सँगै जनताका असिमित आकांक्षा र आवश्यकतालाई उचित सम्वोधन गरि अघि वढ्नुपर्ने यस घडिमा नगरपालिकाले गत विगत सभाहरुले निर्णय गरि कार्यान्वयनका चरणमा रहेका महत्वपुर्ण कार्यहरुलाई निरन्तरता दिंदै र कोरोनाको करहवाट उनमुक्तिसंगै जनताका समसामयिक इच्छा आकांक्षाहरुको पनि सक्दो सम्वोधन गर्ने कोसिस गर्दै लैजाने उद्देश्य राखेको छ ।
  • यो नगरपालिका शिक्षा, कृषि, पर्यटन, पशुपालन, उद्योग, व्यापार, व्यवसायका लागि प्रचुर सम्भावना बोकेको नगरपालिका हो । विकासको सम्भावना हुंदाहुदै पनि उपलब्ध स्थानीय स्रोत र साधनको अपेक्षित उपयोग हुन नसकेका कारणबाट जनताको जीवनस्तरमा उल्लेखनीय परिवर्तन हुन सकेको देखिदैन । विकासका हिसाबले अंझ पनि कैयौं क्षेत्र वर्ग तथा समुदायहरूले नगरपालिकाको पूर्ण अनुभूति गर्न नसकिरहेको अवस्थामा नगर कार्यपालिकाको सिंगो टिम त्यसलाई सम्बोधन गर्न निरन्तर लागि परेको  छ ।

 

आदरणीय अध्यक्ष ज्यू,

अब म यस गरिमामय नगरससभा समक्ष आगामी आ.व. २०७८/०७९ मा सञ्चालन गरिने कार्यक्रमहरूको तर्जुमा गर्दा अबलम्वन गरिएका प्रमुख आधारहरूलाई यहाँ प्रस्तुत गर्दछु ।

  • नेपालको संविधानमा उल्लेख गरिएका स्थानीय तहको अधिकार क्षेत्र, राज्यका निर्देशक सिद्धान्त र नीतिहरुलाई आधारको रुपमा लिँदै स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट जारी स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४, अर्थ मन्त्रालयवाट स्थानीय तहमा बजेट तर्जूमा, कार्यान्वयन सम्बन्धी कानूनी ब्यवस्था, अर्थ मन्त्रालयको एकिकृत आर्थिक संकेत वर्गिकरण र व्याख्या २०७४ लाई आधारमान्दै यस नगरपालिकाको बार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि निम्न विधि अवलम्वन गरिएको छ ।
  • प्रति वडा न्यूनतम् वजेट रु १,००,०००००। (एक करोड मात्र) र वडाको राजस्व संकलनमा योगदान र जनसंख्या तथा भुगोलका आधारमा वितरित सुत्रात्मक हिसाबले थप वडा स्तरीय वजेट सिलिड. को परिधि भित्र रही वडा स्तरीय योजना तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
  • बस्ती स्तरबाट संकलित योजना तथा कार्यक्रमहरुका आधारमा वडालाई तोकिएको बजेट सिलिङ्गको परिधी र आगामी आ.व.०७८।७९ का लागि प्रस्तावित नीति भित्र रही तोकिएको ढाँचामा क्षेत्रगत योजना तथा कार्यक्रमको विवरण मार्गदर्शन पठाइ योजना तर्जुमा गरिएको छ ।
  • कार्यक्रम बनाउँदा टुक्रे आयोजनाहरु जति सक्यो कम गर्दे प्रत्येक वडामा कम्तीमा १ वटा आयोजना रु २५ लाख भन्दा वढी लागतको हुने गरि नगरको एकिकृत विकासमा टेवा पुग्ने गरि प्रत्येक वडा तह देखि नै आर्थिक, समाजिक, पूर्वाधार, वातावरण तथा विपद र सार्वजनिक सेवा तथा सुशासन क्षेत्रमा योगदान पुग्ने आयोजनाहरु छनौट गरि पठाउन निर्देशन गरिएको ।

 

आदरणीय सभा अध्यक्ष तथा नगरसभा सदस्यज्यूहरु,

३. यस वर्ष समेत हाम्रो देशको वार्षिक योजना अन्तरगतका समग्र विकासका गतिविधिले चरम उत्कर्ष लिने समयमा नै राष्ट्रले कोरोनाको महाविपत्तीसँग सामना गर्न गरिएको निशेधाज्ञा एवं लकडाउनले यस नगर समेत अछुतो नरहेको अवस्थामा नगर कार्यपालिकाको निर्णय वमोजिम यस नगरका वार्षिक योजनाहरुलाई जेष्ठ भित्रै सम्पन्न गर्ने गरि नगरपालिका लागे पनि यो महा विपत्तीले हाम्रा विकासमा वाधा पुरयाएको अवस्थामा पनि गत नगर सभाबाट स्वीकृत चालु आ.व. ०७७।०७८ को नीति, बजेट योजना तथा कार्यक्रमका आधारमा यस नगरपालिकाले २०७८ जेठ मसान्तसम्म गरेका कामहरुको संक्षेपमा समिक्षा गर्ने अनुमति चाहन्छु  ।

पूर्वाधार तथा शहरी विकास

४. चालू आ व को सुरु देखि नै कोभिड १९ को प्रभाव यथावत रहेको तर पनि केही सहज भएको अवस्थामा चालू आ.व.०७७।७८ का लागि पूर्वाधार तथा शहरी विकास तर्फ स्वीकृत योजना तथा कार्यक्रम मध्ये २०७८ जेष्ठ मसान्त सम्म ४ किमी. कालो पत्रे, ११ कि मि. सडक ग्राभेल, १२ कि.मी कच्ची ट्रयाक खोल्ने (मर्मत समेत) कार्य, करिव १२ कि.मी पक्की नाला निर्माण, ५३ वटा ह्यूम पाईप तथा कल्भर्ट, २९ हेक्टर सिंचाई कुलो, १५ खानेपानी धारा र सरकारी विद्यालय, स्वास्थ्य चौकी लगायतका भवनहरुको ८२ कोठा थप जस्ता भौतिक पूर्वाधार तर्फ काम भएका छन् भने चालू आ.व०७७।७८ का लागि स्वीकृत करिव ९० प्रतिशत आयोजना तथा कार्यक्रमहरु चालू आ.व. भित्रै सम्पन्न हुने संसोधित अनुमान गरिएको छ ।

५. आ.ब. २०७७/०७८ को जेष्ठ मसान्त सम्ममा ९७० वटा  घर नक्सा पासको लागि दर्ता भएकोमा नियमानुसार फिल्ड चेक जाँच गरी ७७० वटा आंशिक र ७७६ वटा पूर्ण नक्सा पास प्रमाण पत्र प्रदान गरिएको छ । साथै ६८२ वटा भवन निर्माण सम्पन्न प्रदान गरिएको र मापदण्ड लागू हुन पूर्वका १०३ वटा घरको समेत नक्सा पास गरिएको छ ।

६. नगरपालिकाको संघीय सरकार र प्रदेश सरकारवाट स्वीकृत योजना तथा कार्यक्रमहरु अधिकांश योजना तथा कार्यक्रमको ठेक्का एवं उपभोक्ता सम्झौताको काम भएको छ तर उक्त योजनाहरु सरकार द्वारा जारी बन्दावन्दीका कारण अधुरो रहने अवस्था आएकाले सोको निरन्तरताकालागि संघीय सरकार र प्रदेश सरकारसंग यसै सभा मार्फत अनुरोध गर्ने प्रस्ताव समेत ल्याइएको छ ।

७. नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण गर्न स्वीकृत विस्तृत परियोजना प्रतिवेदन बमोजिम बोलपत्र आव्हान गरि कार्य प्रारम्भ गरिएको छ ।

आदरणीय  सभा सदस्यज्यूहरु,

अब म सामाजिक विकासतर्फको विषयगत प्रगति संक्षेपमा  प्रस्तुत गर्न चाहन्छुः

शिक्षातर्फः

८. आर्थिक वर्ष २०७७।७८ मा वीरेन्द्रनगरको शैक्षिक सुधार, विकास र उन्नयनमा योगदान गर्ने विभिन्न शैक्षिक कार्यक्रमहरु तर्जुमा गरी सम्पादन गरिएका छन् । विशेषत: शैक्षिक सत्र २०७७ सुरु हुने संघारमा जारी भएको बन्दाबन्दीको कारणले शैक्षिक क्षेत्रमा  पूर्याएको क्षतिलाई पूरण गर्न बैकल्पिक शिक्षण सिकाइ सहजीकरण गरिएको थियो । हाल सम्म पनि वन्दावन्दी रहेको र यस समयमा समेत विद्यार्थीहरुको सिकाइलाई वैकल्पिक माध्यम (स्वाध्ययन सामग्री बितरण, रेडियो कक्षा शिक्षण, भर्च्युअल कलास) को प्रयोग गरी निरन्तरता दिइएको छ । प्रधानाध्यापक नेतृत्व विकास लगायत ३०० जना शिक्षकहरुलाई पेशागत विकासका कार्यक्रमहरु भर्च्युअल माध्यमवाट सञ्चालन गरी शिक्षकको पेशागत विकासलाई नयाँ शिरावाट अघि वढाइएको छ । साथै अवदेखी हुने प्रधानाध्यापक वैठक र शिक्षक पेशागत विकासका कार्यक्रमहरु भर्च्युअल माध्यमवाट मात्र सञ्चालन गरिने प्रवन्ध गरिएको छ । यसबाट वीरेन्द्रनगरका विभिन्न विद्यालयहरुमा बैकल्पिक शिक्षण सिकाइ संस्थागत हुँदै गएको छ । जसले गर्दा शिक्षक र विद्यार्थीहरुको सूचना र प्रबिधिमा समेत अपेक्षित रुपमा पहुँच बढ्दै गएको छ ।

९. संक्षिप्त पाठ्यक्रम प्रकाशन र बितरण गरी सोको आधारमा तयार गरिएको शैक्षिक क्यालेण्डरको पूर्ण कार्यान्वयन गरिएको छ । यसरी  लकडाउनका वावजुद पनि विद्यालय शिक्षाको पाठ्यक्रम पूर्ण रुपमा कार्यान्वयन गर्दै विद्यालय स्तरको विद्यार्थी मूल्यांकन सुचारु रुपमा सम्पन्न गरिएको छ ।

१०. यस अवधिमा बैकल्पिक शिक्षण सिकाइलाई प्रर्बद्धन गर्न १६ हजार विद्यार्थीलाई स्वाध्ययन सामग्री बितरण गरिएको छ । ४०० जना विद्यार्थीलाई रेडियो बितरण गर्न खरिद प्रक्रिया अघि बढाइएको छ । १ शिक्षक १ ल्यापटप कार्यक्रम अन्तर्गत ६० जना शिक्षकहरुलाई ल्यापटप बितरण गर्न टेण्डर आब्हान गरिएको छ ।

११. विद्यालयहरुमा न्यूनतम् सक्षमताको अवस्था सुनिश्चित गर्न २ वटा सामुदायिक विद्यालयहरुमा ४ कोठे विद्यालय भवन निर्माण, ३ वटा शौचालयहरु निर्माण भएका छन् भने २।२ वटा विद्यालयहरुमा सूचना प्रविधि ल्याव र पुस्तकालय स्थापना गरिएको छ । १५ वटा जीर्ण विद्यालयहरु मर्मत गरिएको छ  ।

१२.  नेपाल सरकारबाट एक विद्यालय एक नर्सको अबधारणा अनुसार २० ओटा माद्यमिक विद्यालयहरुमा १।१ जना स्टाफ नर्सको व्यवस्थापन गरिदै आएको सन्दर्भमा थप २ ओटा माद्यमिक विद्यालयहरुमा नगरपालिकाको स्रोतबाट स्कूल नर्सको दरबन्दी कायम गरी उक्त कोटामा दलित समुदायको पहुँच कायम हुने गरी नियुक्ति प्रदान गरि विद्यालयमा खटाइएको छ ।

१३. सामुदायिक विद्यायमा अध्ययनरत १२ हजार किशोरी छात्राहरुलाई मासिक रुपमा स्यानेटरी प्याड वितरण समेतको व्यवस्थापन गरी किशोरीमैत्री विद्यालय स्थापनाका लागि माध्यमिक विद्यालयहरुमा विश्राम कक्षको व्यवस्थापन गरिएको  छ ।

१४. पर्याबरणीय हिसाबले अनुकुल समयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा समपन्न गरी सान्तवना स्थानसम्म प्राप्त गर्ने विद्यालयहरुलाई प्रोत्साहित गरिएको छ ।

१५. वीरेन्द्रनगरको बस्तुगत आवश्यकतालाई केन्द्रमा राखी वीरेन्द्नरगर अनुकुलको स्थानीय पाठ्यक्रम निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

१६. एक माद्यमिक विद्यालय एक प्राबिधिक तथा ब्यवसायिक शिक्षाको अबधारणा अनुसार ८ ओटा माद्यमिक विद्यालयहरुमा प्राबिधिक तथा व्यवसायिक विषयको पठन पाठन भइरहेको छ । यसबाट अधिकतम् रुपमा वीरेन्द्रनगर मात्र नभएर कर्णाली प्रदेशका विभिन्न पालिकाका विद्यार्थीहरुले लाभ लिइरहेको देखिन्छ । प्राबिधिक तथा व्यवसायिक शिक्षामा दलित समुदायका विद्यार्थीहरुको पहुँच सुनिश्चित गर्न विशेष छात्रवृति प्रदान गरिएको छ ।

१७. वीरेन्द्रनगरका १६ ओटै वडाका छात्राहरुको कानून संकायको शिक्षामा पहुँच बृद्धि गर्न बिशेष छात्रवृति कार्यक्रम सञ्चालन गरिएको छ ।

१८. यस प्रकार विभिन्न प्रकार र धारको शिक्षाको यथोचित व्यवस्थापनबाट वीरेन्द्रनगर कर्णाली प्रदेशको मात्र नभएर समग्र नेपालकै शैक्षिक हबका रुपमा स्थापित गर्न बर्तमान समयमा सञ्चालन गरिएका शैक्षिक कार्यक्रम कामयाबी हुने समेत देखिन्छ । शिक्षाको लगानी भविश्य केन्द्रित हुने हुँदा वर्तमानमा वीरेन्द्रनगरले शैक्षिक उन्नयन र प्रर्वद्धनका लागि गरेका हरेक प्रयास सार्थक र सफलीभूत हुँदै जाने देखिन्छ ।

स्वास्थ्यतर्फः

१९. गत आ. व. को अन्त तिरबाट विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम तथा नियन्त्रणका कार्यहरु निरन्तर गर्दै आएकोमा यस चालु आव २०७७।०७८ को सुरुवातदेखि नै सम्पूर्ण स्वास्थ्य कर्मी तथा जनप्रतिनिधिहरूको समन्वयात्मक परिचालन गरी क्यारेन्टाइन, आइसोलेसन, कन्ट्यक्ट ट्रेसिङ्ग, पि. सि. आर. स्वाब कल्क्सन, एन्टिजिन परीक्षण कार्य गरी पहिलो चरणको कोभिड १९ को नियन्त्रणमा उल्लेखनीय कार्य गरी सहजै नियन्त्रण भएको तथा दोस्रो चरणको कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न समुदाय स्तरसम्म ७,तथा ररणमा उल्लेखनीय कार्य गरेको००० जनाको पि. सि. आर. र एन्टिजिन परीक्षण, डाक्टर सहितको कोभिड अस्पताल सञ्चालन गरी निःशुल्क अक्सिजन सहितको सेवा, एम्बुलेन्स सेवा, शव व्यवस्थापन र २,००० जना संक्रमित व्यक्तिहरुलाई घरदैलोमा औषधी वितरण र अनुगमन गर्नुका साथै कोभिड १९ विरुद्धको राष्ट्रिय खोप अभियान अन्तर्गत कोभिसिल्डको प्रथम डोज ११,७०० जनालाई र दोस्रो डोज ६,०११ तथा भेरोशिल प्रथम डोज ३,७६३ जनालाई खोप प्रदान गरिएको छ ।

२०. हालसम्म नगरक्षेत्रमा किट जन्य सरुवा रोग नियन्त्रण गर्न विषादी छर्कने, ५ वर्षमुनिका बालबालिकालाई राष्ट्रिय कार्यक्रम अन्तर्गत दुई चरणमा भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम, प्रत्येक वडामा पाठेघरको  क्यान्सर रोगको स्क्रिनिङ्ग गरी १,३३५ जनालाई सेवा दिनुका साथै शंकास्पद २६ जनालाई थप उपचारको व्यवस्था मिलाईएको, २५५ जनालाई बर्थिङ्ग सेन्टरबाट सुरक्षित प्रसूति सेवा प्रदान गरीएको तथा क्षयरोग स्क्रिनिङ्ग क्याम्प सञ्चालन गरि क्षउरोगको खोजपड्ताल गर्ने कार्य गरीएको छ ।

२१. नगरक्षेत्रका सम्पुर्ण आधारभूत स्वास्थ्य संस्थाबाट आधारभूत स्वास्थ्य सेवाहरु, खोप कार्यक्रम, पोषण कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, उपचारात्मक सेवा तथा परिवार नियोजन सेवा कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको छ ।

२२. नगर क्षेत्रभित्रका २२ वटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम संचालन गरीएको, मर्यादित महिनावारी व्यवस्थापनका लागि स्वास्थ्य सँस्था बाट ४,२०० जना महिलालाई  सिनेटरी प्याड वितरण गर्नुका साथै विद्यालयबाट  किशोरीहरुलाई सेनिटरी प्याड वितरण कार्य गरी सेवा दिइरहेको अवगत गराउँदछु । तथा ९४ जना विपन्न नागरिकलाई औषधि उपचारका लागि सिफारिष गरीएको छ ।

२३. यस आ. व. मा  नगरभित्र ९ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण सम्पन्न गरी स्वास्थ्य  सेवा प्रवाहलाई सुव्यवस्थित, स्थानिय सरकारको अधिकार क्षेत्र भित्र रही जनस्वास्थ्य नियमावलि पारीत गरी निजि स्तरका स्वास्थ्य सँस्था सँचालन अनुमति, नविकरण तथा नियमन गर्ने कार्य भइरहेको जानकारी गराउन चाहन्छु ।

२४. यस अवधिमा जेष्ठ नागरिक परिचयपत्र, अपांग परिचय पत्रलाई सहजरुपमा वितरण गराउनुका साथै नगरपालिका र कर्णाली प्रदेशको छोरी जन्म वचत कार्यक्रम संचालन गर्दे आएको छ, लैगिक तथा सामाजिक सशक्तीकरणका विभिन्न दिवसीय कार्यक्रममा नेतृत्व लिदै विभिन्न दिवसीय कार्यक्रमहरु संचालन गरेको छ ।

२५. प्रत्येक वडा कार्यालयले महिला बालवालिका, अपांग, जेष्ठ नागरिकका क्षेत्रमा सम्वन्धित वर्गको मागका आधारमा विभिन्न क्रियाकलापहरु गरेका छन् । यसै अवधिमा प्रदेश सरकार र मानव सेवा आश्रम संग सहकार्य गर्दे यस नगरलाई सडकापेक्षी मुक्त प्रदेश घोषणामा नेतृत्वदायी भुमिका यस नगरले लिएको छ ।

आदरणीय नगरसभा सदस्य ज्यूहरु

अव म आर्थिक विकास तर्फको प्रगति समीक्षा संक्षेपमा राख्न चाहन्छु ।

पशु विकास तर्फः

२६. सङ्घीय सशर्त कार्यक्रमको साझेदारीमा नगरको वडा नं. २ मा गाईको पकेट स्थापना भएको साथै कृषकहरुको १०० वटा खोर सुधार गरी बाख्रा र बंगुरका पाठापाठी बितरण गरिएको छ । नश्ल सुधार कार्यक्रम अन्तर्गत गाई र भैँसीमा कृतिम गर्भाधान कार्यक्रमलाई निरन्तरता दिदै व्यबसायिक कृषकहरुलाई ५० प्रतिशतका २० वटा बोयर बोका बितरण  गरिएको   छ ।

२७. भेडा/बाख्रामा पि.पि.आर., कुकुर र बिरालोमा रेबिज, गाईभैँसीमा खोरेत, बंगुरमा स्वाइन फिवर र कुखुरामा रानीखेत बिरुद्धको खोप लगाउनुको साथै पशु स्वास्थ्य व्यबस्थापनको लागि बिभिन्न प्रकारका औषधी बितरण र पशु सेवाको पहुँच कम भएको स्थानमा पशु स्वास्थ्य शिविरमा साथै रेबिजको जोखिम बढी भएको स्थानमा रेबिज बिरुद्धको खोप शिविर सम्पन्न गरि पशु पालन सम्बन्धी विभिन्न तालिम हरु संचालन तथा स्वस्थ पशुजन्य पदार्थ उत्पादन भण्डारण विक्रि वितरण गर्न सचेतना मूलक कार्यक्रमहरु संचालन गरिएको छ ।

कृषिविकास तर्फः

२८. चालू आर्थिक वर्षको जेठ मसान्त सम्म हाल सम्म ५६० जना किसान लाई उत्पादनमा आधारीत तरकारी तथा खाध्यन्न बिउविजन तथा विषादी वितरण, १० वटा पावर ट्रेलर वितरण, त्यस्तै २०३ जना किसानलाई सिंचाईका लागि पाइप, पोलिपाइप, पम्प तथा पम्पसेट, ३१ कृषक तथा कृषि समूहलाई मौरी तथा च्याउ प्रवर्धन गर्न सहयोग गरिएको छ । त्यस्तै पकेट विकास कार्यक्रम अन्तरगत  ३ वटा नयाँ र ३ वटा पुराना पकेटलाई सहयोग गरिएको छ त्यस्तै नगरपालिका कार्यालय र वडा कार्यालयहरुवाट कौसिखेति सहित विभिन्न क्षमता विकासका कार्य भएका छन भने यस क्षेत्रमा सभावाट स्वीकृत करिव ७० प्रतिशत कृयाकलापहरु सम्पन्न भै सकेका छन् भने केही कृयाकलापहरु कोभिडको परिस्थतिलाई मध्य नजर राखी कार्यपालिकावाट संशोधन गरि कार्यान्वयनको प्रकृयामा रहेका छन् ।

 संघ सँस्थासहकारी तथा गरिवी निवारणतर्फः

२९. यस नगरपालिका कार्यक्षेत्र भएका २१७ वटा सहकारी संस्था रहेका छन् । चालु आर्थिक वर्षमा ३ वटा सहकारी संस्थाहरुको विनियम पुनर्लेखनको स्वीकृती र ९ वटा सहकारी संस्थाहरुको विनियम संशोधन गरिएको छ । १६ वटा सहकारी सस्थाहरुको सघन अनुगमन र नियमित ४२ गरि जम्मा ५८ वटा सहकारीहरुको अनुगमन गरि विभिन्न सुझावहरु दिइएको छ ।

३०. गत आ.व.देखि प्रारम्भ भएको गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम अन्तर्गत हाल १९ वटा गणक र २ जना सुपरभाइजर मार्फत २९२८० घरपरिवारको सर्वैक्षण गरि गरिव घरपरिवार पहिचानका लागि मन्त्रालयमा पठाइएको छ ।

३१. चालु आर्थिक वर्षको अन्त सम्म स्थानीय विकास कोष तर्फ विगत मा साविक जिल्ला विकास समिति र नगरपालिकाबाट लगानी भएको रकम गरि जम्मा रु.२४ लाख २३ हजार २९४।– ऋण लगानि गरिएको छ भने साझेदारी विकास कोष  मा ३१ लाख ९० हजार लगानी गरिएको छ ।

३२. यस चालु आ.व. को हालसम्म ३४७ वटा टोल विकास संस्था हरु गठन गरिएका छन् । सामाजिक परिचालन र योजना कार्यान्यवन र सार्वजनिक उत्तरदायित्व वहनका लागि टोल विकास सस्थाहरु परिचालन भइ आएका छन् । यस आर्थिक वर्षमा स्थानीय गै.स.स.१६ वटा सस्थाहरु दर्ताको सिफारिस भएका छन् भने १०२ वटा नविकरणका लागि सिफारिस गरिएको छ । राष्टिय तथा अन्तराष्ट्रिय सँस्थासंग प्रभावकारी समन्वयमा हाल कार्यक्रमहरु सञ्चालनमा आएका छन् ।

भूमि व्यवस्थापन तर्फ

३३. भूमि सम्वन्धि समस्या समाधान आयोग अन्तर्गत यस नगरपालिकामा लगत संकलन इकाइ केन्द्र स्थापना गरि करिव १३५०० जनाको लगत संकलन कार्य सम्पन्न गरिएको छ । हाल लगत प्रविष्टको कार्य चलिरहेको अवस्था छ । यसै आ व को अन्त देखि जग्गा नाप जांचको कार्य प्रारम्भ गर्ने अवस्थामा पुगिएको छ । भने आगामी आवको अन्त सम्ममा भूमिहिन सुकुम्वासी भूमिहिन दलित र अव्यस्थित वसोवासीहरुलाई पूर्जा वितरण गर्ने सम्पन गरिने छ ।

यस गरिमामय नगरसभाका सम्पूर्ण नगरसभा सदस्यज्यूहरु,

अव  वातावरण तथा विपद तर्फको प्रगति समीक्षा प्रस्तुत गर्न चाहन्छुः

वातावरण तथा विपदतर्फः

३४. नगर भित्र रहेका छाडा छोडिएका सामुदायिक पशुहरुको व्यवस्थापन गर्ने क्रममा विभिन्न वडाका करिव ३०० गाई गोरुलाई जिल्ला वाहिरका  विभिन्न पशु पालन फर्मलाई गाई गोरु उपलब्ध गराई छाडा पशु नियन्त्रणको काम गरिएको छ ।

३५. विपद जोखिम न्यूनीकरणका लागि तयार नेपाल परियोजनासंगको सहकार्यमा वाढी सम्वन्धि कृतिम घट्ना  टेवुल टक अभ्याशको कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिका सवै वडाका विपद ब्यवस्थापन समितिहरुलाई क्रियाशिल गराउने कार्य गरिएको छ भने विपद जोखीम न्यूनीकरण तथा पुर्नउत्थानका लागि विभिन्न विषयमा अध्यन अनुसन्धान र विपदसग जोडेर जिविकोपार्जन कार्यक्रम समेत गरिएको छ ।

३६. नगरपालिकावाट २४ सै घण्टा दमकल सेवा प्रदान गरिदै आएको छ । यसै अवधिमा विपद पुर्वतयारी तथा प्रतिकार्य योजना, विपद व्यवस्थापन कोष परिचालन निर्देशिका कार्यपालिकावाट स्विकृत गरि कार्यान्वन गरिएको छ । त्यस्त गत सभावाट वातावरण संरक्षण तथा फोहरमैला ब्यवस्थापन ऐन समेत स्वीकृत गरी लागु गरिएको छ ।

३७. ल्याण्ड फिल साइटको डिपिआर वमोजिम दिशा जन्य लेदो ब्यवस्थापन पलान्ट एस एन भी नेपाल सगको सहकार्यमा निर्माण गरि नगरपालिकालाई हस्तान्तरणको चरणमा रहेको छ ।

३८. नगरको सौन्दर्य तथा हरित नगर निर्माणका क्रममा चालू आ व को हाल सम्म करिव ६०० वटा विरुवा रोपण तथा संरक्षणको कार्य सम्पन्न भै सकेको छ भने प्रदेश सरकार सँगको सहकार्यमा करिव २५०० वटा ट्रिगार्ड सहित वृक्षारोपणको खरिद कार्य जारी   छ । त्यस्तै घण्टाघर खुल्ला मन्च क्षेत्रमा वातावरण विभाग संगको सहकार्यमा वृक्षारोपण सहितको खुल्ला पार्क निर्माणको कार्य जारी छ । त्यस्तै नगरपालिकाको प्राङ्गण, वडा नं ६ को भानु पार्क लगायत विभिन्न वडाहरुमा पार्क सरक्षण तथा सजावटको कार्य भै रहेको छ ।

 

खण्ड 

आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम

राजस्व तथा वित्त व्यवस्थापन नीतिः

  • आर्थिक वर्ष ०७७/०७८ का लागि स्वीकृत कर दस्तुरलाई वृद्धि नगरी सोहि दरलाई नै निरन्तरता दिंदै करदाता र करको दायरा विस्तारको नीति तथा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (Covid 19) को कारण अर्थतन्त्रमा परेको व्यापक असरलाई मध्येनजर गर्दै करका दरहरुमा आवश्यकता र औचित्यताको आधारमा छुट एवंम सहुलियत दिने नीति लिईनेछ ।
  • प्रत्येक वडालाई तोकिएको न्यूनतम् वजेट सिलिङ एक करोड उपलब्ध गराईनेछ । नगरको राजस्वमा योगदान, वडाको क्षेत्रफल, जनसंख्या लाई आधारमानि थप शुत्रात्मक वजेट गराउने नीति लिईने छ । यसरी थप सिलिङबाट उपलब्ध गराईएको बजेटबाट तेस्रो प्राथमिकता (P3) योजनाका रुपमा राखी कार्यक्रम कार्यान्वयन गर्ने ब्यवस्था मिलाईनेछ ।
  • नेपालको संविधान अन्तर्गत स्थानीय तहको अधिकार सुचि भित्र पर्ने सम्पत्ति कर, भूमीकर, घरजग्गा वहालकर, व्यापार व्यवसाय कर, जडिबुटी, कवाडि तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर, वहाल विटौरी शुल्क, पार्किंङ शुल्क, विभिन्न सेवा शुल्क दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवम् शुल्क तिरेको अनुभुति हुने गरि कर संकलन कार्यलाई निरन्तरता दिईनेछ ।
  • नगरपालिका क्षेत्रभित्रका घरहरुको न्युनतम कोठा तथा घर भाडा दर तोकी घरवहाल कर कार्यविधि अनुसार असुल उपर गरिनेछ ।
  • घरवहालकर, व्यवसायकर आदी को असुली दरमा प्रभावकारीता ल्याउन राजश्व संकलन सुधार कार्ययोजना अनुरुपका कार्यहरु गरिनेछ ।
  • कर असुली कार्यलाई प्रविधीमैत्री बनाउंदै नगर तथा वडामा कार्यरत कर्मचारीहरुलाई विभिन्न क्षमता विकास तथा प्रविधीमैत्री तालिमहरु संचालन गरिनेछ ।
  • नगरपालिकाबाट संचालन हुने पूँजीगत तर्फका योजनाहरुबाट गत विगत वर्षहरुमा एकमुष्ठ ५ प्रतिशत कन्टिन्जेन्सी काट्ने गरिएकोमा आगामी आर्थिक वर्षदेखि जम्मा ४ प्रतिशत कट्टि गर्ने व्यवस्था गरी सो मध्ये २ प्रतिशत मर्मतसम्भार कोष स्थापना गर्न र २ प्रतिशत कन्टिजेन्सी आयोजना व्यवस्थापन गर्न खर्च गर्ने नीति लिइएकोछ साथै लक्षित वर्ग तथा सामाजिक क्षेत्रका कार्यक्रमहरुमा  २ प्रतिशत मात्रै कन्टिजेन्सी कट्टि गर्न नीति लिइएको छ ।
  • नगरपालिकालाई तिर्नुपर्ने कर दस्तुर तिरेको व्यवसायीहरुबाट मात्र वस्तु तथा सेवाहरु खरिद गर्न नगरपालिका अन्तर्गतका कार्यालय र अन्य सार्वजनिक निकायलाई समेत अनुरोध गर्ने नीति लिईनेछ ।
  • अपाङमैत्री व्यक्तिगत भवन निर्माणको नक्शापास दस्तुरमा २५ प्रतिशत त्यस्तै घरको पानी आफ्नै घर परिसर व्यवस्थापन गर्ने घरधनिलाई समेत १० प्रतिशत नक्शापासमा छुट दिइनेछ ।
  • जेष्ठनागरिक/अपांङ/गरिब/असहाय/विपन्न/आर्थिक अवस्था कमजोर भएको, उपचार सहुलियत, गरिब तथा जेहेनदार छात्रवृत्ति जस्ताको सिफारिस निःशुल्क गरिनेछ ।
  • अपाङ, महिला, दलित, जनजाती लगायत विपन्न वर्गले स्थानिय स्रोत साधनको प्रयोग गरी उद्योग संचालन गर्दा २५ प्रतिशत छुट दिईनेछ ।
  • नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी आवश्यकता अनुसार प्रयोग र अन्य सामुदायिक अस्पताललाई सहुलियत दरमा उपलब्ध गराइनेछ ।
  • सरकारको नाममा बाटो लगतकट्टा गर्ने (कित्ताकाट तथा खरिदविक्री बाहेक बाटो लगतकट्टाको लागि मात्र) सिफारिस निःशुल्क गर्ने नीतीलाई निरन्तरता दिइनेछ ।
  • नगरको दिगो र ब्यवस्थित विकासका लागि नगरको आवधिक योजना , योजना बैक तथा मध्यावधि खर्च संरचना (MTEF)  वनाउने कार्यमा सहजीकरणका लागि प्रदेश सुशासन केन्द् लगायत सहयोगी निकायहरु संग समन्वय गरि आगामी आ व देखि यिनै दस्तावेजका आधारमा वजेट योजना तर्जुमाका कामहरु गर्ने ब्यवस्था मिलाईनेछ ।

 

कृषि विकास

  • खाद्यान्न आयात न्युनिकरण गरी नगरलाई आधारभुत खाद्यान्नमा आत्मनिर्भर बनाईनेछ जसका लागि खाद्यान्न बाली (धान, गहु, मकै) प्रबन्ध कार्यक्रम संचालन गरिने छ साथै अन्य कृषिजन्य उत्पादन बढाउनका लागि कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायीकरणका लागि आवश्यक पर्ने न्यूनतम कृषि सामग्रीहरु (मल, बीउ,साना सिंचाई, बिद्युतीय उपकरण, मेशिनरी औजार तथा यान्त्रिकीकरण र बजार पूर्वाधार निर्माणमा कम्तिमा ५० प्रतिशत अनुदानको व्यवस्थापन गरिनेछ।
  • नगरभित्र भित्र उत्पादन हुने फलफूल (कागती, आँप ,केरा, लिची , किवी) खाद्धन्न (मकै, गहुँ, धान, कोदो) दलहन (सिमि, भटमास,केराउ , मास मसुरो मसलाबाली (अदुवा, बेसार, लसुन, प्याज) मौरी, च्याउ, बेमौसमी तरकारी तथा तरकारी बिउ खाद्यान्न बिउ आदि लाई प्राथमिकता बाली वस्तुहरुलाई पकेट क्षेत्रको रुपमा  प्रवर्दन गरिनेछ र पकेट निर्माण कार्यक्रमका लागि नगरस्तर बाट अनुदानको व्यवस्थापन गरिनेछ  |
  • प्राङ्गारीक खेती प्रोत्साहन तथा जमिनको उत्पादकत्व बढाउनका लागि जैविक मल अनुदानमा उपलब्ध गराउनुका साथै स्थानिय स्तरमा  भर्मि कम्पोष्ट ,कम्पोष्ट मल र जैविक विषादि निर्माण कार्यलाई प्रोत्साहन गरिनेछ ।
  • नगर भित्रै गुणस्तरीय खाद्यान्न बीउ उत्पादनका लागि एक वडा एक सामुदायिक बीउ बैंक स्थापना गर्ने उदेश्यका साथ ईच्छुक फर्म, कृषक समुह तथा सहकारी लाई बीउ बिजन उत्पादनका लागि आवश्यक सामाग्रिमा अनुदानको व्यवस्थापन गरिनेछ |
  • नगरपालिकाको समन्यवयमा वडा तहमा कार्यक्रम संचालनका लागि एकद्वार प्रणालीको अबलम्बन गरिनेछ र वडा तहमा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गरी कृषि प्राबिधिक जनशक्तिको व्यवस्थापन गरिनेछ ।
  • वडा न ६, लगायत अन्य  शहरी क्षेत्रमा  जमिन खण्डिकरण भईसकेको अवस्थालाई मध्यनजर गर्दै पोषण सुरक्षाको लागि कौशी खेती प्रवर्धन गरिनेछ ।
  • एक सहकारी एक उत्पादन वा एक गाँउ एक उत्पादन  नीति अबलम्बन गर्दै प्रत्येक वडामा कम्तिमा एक एक वटा सहकारी संस्था वा टोल समुहलार्इ कृषिमा आधारित व्यबसाय सञ्चालनमा सहजीकरण गरि नमूना सहकारी  वा टोल समुहको रुपमा विकास गरिनेछ ।
  • कृषि भूमिको खण्डीकरण रोक्न तथा खेतीयोग्य जग्गा बाँझो रहन नदिन “जमिन बाँझो नराखौंसक्नेलाई खेती गर्न दिऊँ” अभियानलाई आत्मसात गर्दे गह्रा सुधार तथा चक्लाबन्दी गरी लीज/जग्गा करार मार्फत व्यक्तिगत/सामुहिक/सहकारी खेती तथा खेर गएका ऐलानी, हैसियत बिग्रिएको जग्गा, नाङ्गो डाँडा/पाखो, खेती नगरिएका बाँझो वा बगर जग्गामा खेती कार्यको लागि नीतिगत र आर्थिक संरक्षण सहितको विशेष प्रोत्साहन तथा अनुदान प्रदान गरिनेछ ।
  • कृषि, भेटेरिनरी तथा प्राकृतिक श्रोत व्यवस्थापन अध्ययन गरेका प्राबिधिक, बेरोजगार युवा तथा कोभिड १९ बाट रोजगार गुमाएका श्रमशक्तिलाई लक्षित गरी नमूना कृषि फार्म स्थापना गरि स्वरोजगार बनाउन कृषिमा व्यावसायिकतायुवामा उद्यमशीलता कार्यक्रम संचालन गरिनेछ | यस कार्यक्रमबाट आगामी आर्थिक बर्ष कम्तिमा ५० जना युवा तथा व्याबसायिक कृषकहरुलाई समेटिनेछ ।
  • नगरपालिका भित्र कृषि तथ्याङ्क व्यवस्थित तथा कृषक सुचिकरण गरी विषेश अनुदानको व्यबस्थापन गरिनेछ ।
  • कुनै पनि बाली जन्य पकेट विकास तथा अन्य कृषिका भौतिक संरचना निर्माणका लागि संघीय तथा प्रादेशिक बजेटसंग पालिकाले साझेदारीमा कार्यक्रम संचालन गर्ने नीति लिइएको छ ।

 

पशुपन्छी विकास तर्फ

  • नगरपालिकाको आर्थिक विकासको सम्भावनाको रुपमा रहेको पशुपन्छीपालनलाई बिशेष जोड दिदै पशु र पशुजन्य पदार्थहरुमा आत्मनिर्भर हुनको लागि पशुपन्छी संख्याको आधारमा आबश्यक वडाहरुमा पशु सेवा प्राविधिकहरु राखी कृषकहरुलाई घरदैलो सेवाको पहुँचलाई बिस्तार गर्ने नीति लिइनेछ ।
  • कृषकहरुको मागको आधारमा बिभिन्न किसिमका हिउँदे, बर्षे, बहुबर्षे र डाँले घाँसको खेती गर्न कृषकलाई प्रोत्साहन गर्दै कृषकहरुको लागत साझेदारीमा बीउ बितरण गरी पशुहरुको पोषणमा सुधार गरी उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने नीति लिइनेछ ।
  • पशुपन्छीको स्वास्थ्यका लागि बिभिन्न किसिमका औषधी उपचार सेवा, पशु स्वास्थ्य शिविर र महामारीजन्य रोग नियन्त्रणका लागि पशुपन्छी खोप सेवा कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
  • सामुदायिक तथा घरपालुवा कुकुरहरुका लागि बन्ध्याकरण कार्यक्रम समेत अभियानका रुपमा सञ्चालन गर्ने नीति लिइनेछ ।
  • कृषकहरुको लगानी सुरक्षित र क्षति न्यूनिकरण गर्न पशुपन्छीहरुको बीमा कार्यक्रमलाई बिशेष प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गाई, भैँसी र बाख्राको प्राकृतिक तथा कृतिम गर्भाधान कार्यक्रमलाई प्राथमिकतामा राखी उन्नत जातका पशुपालनमा बिशेष जोड दिने नीति लिइनेछ ।
  • गर्भवती तथा सुत्केरी महिलाहरुको पोषणमा सुधार गर्न नगरका सम्पूर्ण वडाहरुमा कार्यक्रम सञ्चालन गरी पशुजन्य पदार्थ उपभोग गरी पोषणमा सुधार गर्ने नीति लिइनेछ ।
  • नगर क्षेत्र भित्र रहेका मासु पसल, डेरी पसलहरुलाई दायरामा ल्याई स्वस्थ र स्वच्छ मासु र दूध उपभोक्ता माझ पुरयाउन र दैनिक मूल्यसूचीको जानकारी हुने सुनिश्चितताका साथ कार्यक्रम सञ्चालन गर्ने नीति अगाडि बढाइनेछ ।
  • पशुपन्छीसँग सम्बन्धित (महामारीजन्य रोग, पशु/पशुपन्छीजन्य पदार्थ उपभोग/उत्पादन /बजारिकरण आदि) सम्पूर्ण गतिविधिको बारेमा जनचेतनामूलक कार्यक्रम बिभिन्न सञ्चार माध्यमबाट सम्बन्धित सरोकारवालाहरुलाई सन्देश प्रवाह गर्ने नीति लिइनेछ ।
  • पशुपन्छीपालन गर्न इच्छुक साथै आर्थिक अबस्था कमजोर भएका दलित, एकल महिला, जनजाति र राज्यले तोकेका अन्य बिपन्न वर्गहरुलाई आयआर्जन गरी आत्मनिर्भर हुन आबश्यक सहयोग गर्ने नीति अबलम्वन गरिनेछ ।व्यबसायिक कृषकहरुको उत्पादन र उत्पादकत्व बृद्धि गर्न उत्पादनको आधारमा यान्त्रिकीकरणमा आबश्यक सहयोगको व्यबस्था गरिनेछ ।
  • पशु र पशुजन्य पदार्थहरुको आयातमा प्रतिस्थापन गरी निर्यातमा बृद्धि गर्न कृषकको आर्थिक अबस्थामा सुधार ल्याउन पहिचान सहित आवश्यकता पहिचान गरी पशुपन्छी तथा मत्स्यपालन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • कोभिड १९ को कारणले प्रभावित परिवार, बैदेशिक रोजगारबाट फर्केका युवा र आर्थिक अबस्था कमजोर भई जिविकोपार्जन गर्न असहज भएका परिवारहरुलाई जिविकोपार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।

 

सहकारी तथा गरिवी न्यूनीकरण तर्फः

  • सहकारीलाई संघीय सरकारको नीति अनुसार क्रमशः एकिकरण तथा मर्ज गर्दै लगिनेछ । विगतमा दर्ता भई निस्कृय भएका र नयां सहकारी संस्थाहरुलाई क्षमता विकासका कार्यक्रमहरुका लागि सहकारी शिक्षा नेतृत्व विकास एवम् सहकारी व्यवस्थापन लगायतका कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ । आवश्यकता अनुसार अनुगमनका आधारमा सहकारीहरुको दर्ता, अनुमति, खारेजी र विघटन  गरिनेछ ।
  • एक सहकारी एक उत्पादन को कार्यक्रम का लागि सहकारीलाई उत्प्रेरित गरिनेछ । जसका लागि उत्पादन परिमाणका आधारमा अनुगमन गरि अनुदानको व्यवस्था गरि उत्पादन प्रवर्द्धनमा जोड दिइनेछ । हाल सञ्चालनमा रहेका वा नयां  गठन हुने विभिन्न सहकारीहरुलाई वहुउत्पादन, प्रशोधन, तथा वजारीकरण तर्फ उन्मुख गराउन ती संस्थाहरुलाई प्रेरित गरिनेछ । सहकारीको माध्यामबाट विपन्न वर्गका सदस्यहरुको संलग्नतामा सञ्चालन हुने व्यवसायिक आयोजनाहरुलाई वित्तिय सहयोग उपलब्ध गराईनेछ ।
  • सवै सहकारीलाई चुस्त दुरुस्त वनाउनका लागि कोपोमिस सफ्टवेरमा आवद्ध गर्ने र सम्पति शुद्धिकरण सम्बन्धी ऐनमा व्यवस्था भए अनुसारका शुद्धीकरण मापदण्ड अवलम्वन गरिनेछ ।
  • गरिव घर परिवार पहिचान र परिचय पत्र वितरण कार्यका लागि परिवार सर्वेक्षणको कार्य यस बर्षमा सम्पन्न भएकोमा गरिव पहिचान भएका घरपरिवारहरुलाई परिचय पत्र वितरण गरि यसका आधारमा लक्षित वर्गका कार्यक्रमहरुलाई आवद्द गरिनेछ ।
  • वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुलाई सामाजिक पुनः एकिकरणमा जोड दिदै उनीहरुले प्राप्त गरेका ज्ञान, सीप र उद्यमशीलतालाई उपयोग गर्ने गरि कार्यक्रम सञ्चालन गरिनेछ । कोष स्थापना भएका सामुदायिक संस्थाहरु मार्फत परिचालन भएको अनुदान रकमको अवस्था अध्ययन गरि पुन: लगानीमा ध्यान दिइनेछ । सामुदायिक संस्थाहरुको चुस्त, दुरुस्त परिचालन गरिनेछ ।
  • सार्वजनिक निजी साझेदारीको माध्यामबाट स्थानीय पुँजी परिचालनमा निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
  • स्थानीय आयोजना बैंकबाट सार्वजनिक निजी साझेदारीका आयोजना कार्यान्वयनमा प्रथामिकता दिइनेछ ।

उद्योग व्यवसाय तर्फ

  • नगर क्षेत्रभित्र सञ्चालनमा रहेका लघु घरेलु, साना उद्योग तथा व्यवसायहरुको लेखाङकन गरिनेछ ।
  • विश्वव्यापी महामारिका रुपमा फैलिएको कोरोना भाईरसका कारण प्रभावित भएका उद्योग व्यवसायहरुलाई लक्षित गरी सहुलियत तथा प्रोत्साहन कार्यक्रम संचालन गरिनेछ ।
  • नगरक्षेत्रभित्र दर्ता संचालनमा रहका लघु, घरेलु तथा साना उद्योगलाई अनुगमन तथा नियमन गरी आवश्यक्ता अनुसार राष्ट्रिय नीति अनुरुप स्तरोन्नती गरिनेछ ।
  • महिला, दलित तथा विपन्न वर्ग लगायतका समुदायहरुको ब्यवसायीक उत्थानका लागि राष्ट्रिय नीति अनुरुप आवश्यक सीपमुलक तालिम प्रदान गरिनेछ ।
  • यस नगर क्षेत्रभित्र सम्भाब्य उद्यमी पहिचान गरि व्यवसाय प्रति जागरुकता/उत्सुकता जगाउन उद्यमशीलता विकास तालिम संचालन गरिनेछ ।

पर्यटन प्रवर्द्धन

  • नगरको पर्यटन प्रर्वद्धनका लागि पर्यटन होडिङवोर्ड र पर्यटन म्याप निर्माण गरि सो को प्रर्वद्धन एवं प्रचार प्रसारमा संचार माध्यम र नीजि क्षेत्र संग सहकार्य गर्ने नीति लिइनेछ ।
  • यस नगरपालिकाको क्षेत्र भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न निकायहरुसँग सहकार्य र समन्वय गरिनेछ ।
  • वीरेन्द्रनगर क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रहरुः बुलबुले उद्यान, कांक्रेबिहार, शहिद पार्क, पाताल दरबार, भानु पार्क, सिद्धपाईला मन्दिर, रानीघाट,अंधेरी गुफा, जलेश्वर मन्दिर, जस्ता धार्मीक, पर्यटकीय र दर्शनिय स्थलहरुलाई नगरपालिका मातहतमा ल्याई नगरपालिका मार्फत नै सञ्चालन तथा सम्वर्धन गर्ने तर्फ आबश्यक पहल गरिनेछ ।

सामाजिक सघं संस्था तथा समावेशीकरण तर्फ

  • नगरपालिकाबाट सञ्चालन गरिने लक्षित वर्ग दलित, जनजाती, वादी, मुक्त हलिया तथा अन्य लोपोन्मुख समुदायहरुलाई जनचेतनामूलक उत्पादन र सामाजिक सशक्तिकरण कार्यक्रमका अतिरिक्त सीपविकास उद्धमशिलता र उत्पादनका क्षेत्रमा सहकारीका माध्यम समेतबाट आवद्ध गरिनेछ ।
  • नगरपालिकालाई कार्यक्षेत्र तोकेका गैर सरकारी सघं संस्थाहरुको विषयगत क्षेत्र वर्गिकरण गरि एकद्वार प्रर्णाली मार्फत सञ्चालनको व्यवस्था मिलाईनेछ । साथै गैर सरकारी सघं संस्थाहरुलाई योजना तर्जुमाको चरणमा समेत सहकारीका माध्यमाबाट आवद्ध गरिनेछ ।
  • टोल विकास संस्थाहरुलाई व्यवस्थित वनाउनका लागि टोल विकास सञ्चालन कार्यविधी बमोजिम विकास निर्माण र सामाजिक परिचालनको एउटा सशक्त आधारभूत निकायको रुपमा विकास गर्न क्षमता विकासका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालनमा ल्याइनेछ ।
  • हाल सञ्चालनमा रहेका स्थानीय विकास कोष र साझेदारी विकास कोषको रकमलाई एकिकृत गरि ऋण परिचालन    गरिनेछ । अन्य व्यवसाय गर्न चाहानेहरुका लागि उक्त कोषमा दायरा फराकिलो बनाई उद्योग व्यापार र व्यवसाय सञ्चालनमा आकर्षित गरिनेछ ।
  • सामाजिक कुरिति कुसंस्कार विरुद्ध अभियानात्मक र प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरि समतामुलक समाज निर्माण तर्फ उन्मुख गराइने छ ।
  • जातीय छुवाछुत मुक्त नगर निर्माण गर्न बिभिन्न  अभियानहरु संचालन गरिनेछ । नगर क्षेत्रमा कुनै पनि परिवारले जातिय छुवाछुत र विभेद गरिएको पाईएमा पिडितलाई कानूनी उपचारमा जानलाई नगरपालिकाले थप सहयोग गर्नेछ ।

 महिला बालबालिकाअपाङ तथा जेष्ठ नागरिक तर्फः

  • निर्माण भईसकेको महिला सीप विकास केन्द्रलाई आवश्यक्ताका आधारमा सीप विकासका गतिविधिहरु सञ्चालन गरिनेछ । महिलाहरुले सीपअनुसार उत्पादन गरेका वस्तुहरुको संकलन केन्द्रको रुपमा समेत विकास गरि घरमा नै बसि उत्पादन गर्नमा समेत उत्प्रेरित गरिनेछ ।
  • एक घर एक महिला स्वरोजगार वीरेन्द्रनगरको विकास र समृद्धिको मूल आधार नारा सहित महिला स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • वीरेन्द्रनगर नगपालिकाका सम्पुर्ण महिलाहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिदै महिला दिदिबहिनिहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखिनेछ ।
  • आर्थिक रुपले विपन्न र सामाजिक रुपले पछाडि परेका महिलाहरुलाई विशेष प्रथामिकता दिदै आर्थिक सशक्तीकरण र सामाजिक रुपान्तरण गरिनेछ । महिला हिंसा र सदियौ देखिको परनिर्भरतालाई अन्त्य गर्नका लागि विभिन्न सशक्तिकरण सचेतनामूलक र स्वरोजगारमूलक कार्यक्रमलाई उच्च महत्व दिइनेछ ।
  • बालमैत्री स्थानीय शासनका सूचक तयार गरि सूचकमूखी गतिविधिहरु सञ्चालन गरिनेछ । सो का लागि बाल संरक्षण समिति वाल क्लवहरुको क्षमता विकास गर्दै परिचालन गरिनेछ । नगरपालिकालाई सडक बालमुक्त नगर घोषणाका लागि विभिन्न संघसंस्थाहरुको समन्वयमा कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ ।
  • अपाङता भएका बालबालिकाहरुका लागि अत्यावश्क सहायक सामाग्रिहरु उपलब्ध गराउने र अपाङ परिचय पत्र वितरण गर्दा क र ख वर्गको सम्वन्धित व्यक्तिको घरमा नै गई वितरण गर्ने नीति लिइनेछ ।
  • जेष्ठ नागरिकहरुका उत्थान र सम्मानका लागि विभिन्न स्थानहरुमा सञ्चलन हुदै आइरहेका दिवा सेवा केन्द्र, जेष्ठ नागरिक मिलन केन्द्रहरुको स्थापना र परिचालनमा निरन्तरतामा सहयोग गरिनेछ । जेष्ठ नागरिकहरुको ज्ञान, सीप, अनुभव र सिकाइलाई उपयोगमा समेत ल्याइनेछ ।
  • जेष्ठ नागरिकहरुलाई प्रत्येक वडामा सुगर तथा प्रेसरको निशुल्क जाँचको ब्यवस्था सहित निशुल्क स्वास्थ्य शिविरको ब्यवस्था गरिनेछ ।

 

शिक्षा, युवा तथा खेलकुद तर्फ

  • प्रारम्भिक वाल विकास र शिक्षामा सवै बालबालिकाहरुको सर्वसुलभ समतामूलक पहुँच सुनिश्चित गरी प्रारम्भिक वाल विकास र शिक्षालाई बालबालिकाको सर्वागिंण विकासको आधारको रुपमा विकास गरिनेछ । प्रारम्भिक बालविकास शिक्षक र विद्यालय कर्मचारीलाई नेपाल सरकारले स्थानीय तहसंगको साझेदारीमा ८ हजार केन्द्र सरकारले र ७ हजार स्थानीय तहले ब्यवस्थापन गर्नुपर्ने भनि लिएको नीति अनुरुप बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको लागि तलब रु.१५ हजार सुनिश्चित गर्ने गरि बजेट विनियोजन गरिएको छ ।
  • अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षा र माध्यमिक शिक्षामा सवै बालबालिकाहरुको पहुँच सुनिश्चित गर्न प्रत्येक विद्यालयका अतिरिक्त घर–परिवारसम्म शिक्षण सिकाइको लागि न्यूनतम् शैक्षिक भौतिक पूर्वाधार विकास गरिनेछ । बालबिकास शिक्षा कक्षामा टेलि सिकाइ, अभिभाबक शिक्षा, परिवार शिक्षा कक्षा १-३ मा स्वाध्ययन सामग्री, पत्राचार शिक्षा, टोल शिक्षा, कक्षा ४-८ रेडियो कक्षा शिक्षण अफलाईन शिक्षा, स्वाध्ययन सिकाइ सामग्री र कक्षा ९-१२ सम्ममा भर्च्यूअल कलास र टेलिभिजन कक्षा, जस्ता वैकल्पिक शिक्षण सिकाइ पद्धतिको कार्यान्वयन गरिनेछ । केही लक्षित क्षेत्रमा फ्रि वाइफाइ जडान, दृष्टि विहीन बालबालिकाको निरन्तर शिक्षाका लागि रेडियो र विद्यालय मार्फत विद्यार्थीका लागि शैक्षिक सामग्री बितरण गरिनेछ । लकडाउन अबधिको शैक्षिक क्षतिलाई पूरा गर्न मंसिरदेखि फाल्गुणसम्मको अवधिमा विद्यालयमा अनबरत रुपमा शिक्षण सिकाइ अभियान सञ्चालन गरिनेछ । संक्षिप्त पाठ्यक्रम तर पूर्ण सिकाइको कार्यान्वयन गरिनेछ । कक्षा ११ र १२ सञ्चालन भएका प्रत्येक विद्यालयमा बैकल्पिक शिक्षण सिकाइ र मूल्यांकन प्रणालीलाई संस्थागत गरिनेछ ।
  • शिक्षक सक्षमता प्रणालीको विकासमा स्वचालित प्रणालीको स्थापना गरी प्रभावकारी रुपमा शिक्षक विकास र व्यवस्थापन गर्न प्रत्येक शिक्षकहरुमा सूचना प्रविधि सम्बन्धी प्रायोगिक सीपको विकास सुनिश्चित गरिनेछ । प्रत्येक शिक्षकमा विषयगत शिक्षण सिकाइ सम्बन्धी ज्ञानको अलवा स्पोकन इंग्लिस र सूचना प्रबिधिको ज्ञानलाई शिक्षक सक्षमताको पूर्वशर्तका रुपमा स्थापित गरिनेछ ।
  • न्यूनतम् शैक्षिक भौतिक पूर्वाधार नभएका विद्यालयहरुलाई मर्जर (सामुदायिक–सामुदायिक, संस्थागत–संस्थागत र सामुदायिक–संस्थागत ) मा जान प्रोत्साहित गरिनेछ । विद्यालयहरुलाई राइटसाइजिङ र डाउनसाइजिङ गरी स्मार्ट स्कूलमा रुपान्तरण गरिनेछ । साथै, विद्यालयमा न्यूनतम् सक्षमताको अवस्था (कक्षाकोठा), पिउने पानी, शौचालय, पुस्तकालय, प्रयोगशाला र सूचना प्रविधि सुनिश्चितता कार्यक्रम सञ्चालन गरिनेछ ।
  • संविधानमा उल्लेख शिक्षा सम्वन्धी हकको सुनिश्चितता, विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या, कार्यरत शिक्षक संख्या, विद्यालयमा न्यूनतम् सक्षमताको अवस्थाको सुनिश्चितता र गुणस्तरीय शिक्षा तथा समतामूलक शिक्षालाई शैक्षिक लगानीको आधारका रुपमा आत्मसात गरिनेछ । नगर क्षेत्रभित्रको शैक्षिक लगानीको आवश्यकता एकद्वार पद्धतिबाट व्यवस्थापन गर्न नगर शिक्षा कोषको स्थापना गरिनेछ । उक्त कोषको सञ्चालन स्वायत्त रुपमा गरिनेछ ।
  • . “छोरीलाई स्यानेटरी, आमालाई सीप र स्वरोजगारी” कार्यक्रम सञ्चालन गरिनेछ । साथै, नगरपालिका, वडा कार्यालय र विद्यालयसँगको सहकार्यमा विपन्न अभिभाबकको लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • विपन्न (बादी, दलित र अन्य) तथा असहाय (कोरोना तथा विभिन्न प्रकारका प्रकोप पिडित र अभिभावक विहिन लगायत) बालबालिकाको लागि ”विद्यालय शिक्षा सुनिश्चितता छात्रवृति कोष” स्थापना गरी विपन्न तथा असहाय बालबालिकाको लागि विद्यालय शिक्षाको सुनिश्चितता गरिनेछ । यस छात्रबृति कोषलाई समृद्ध बनाउन दाताहरुसँग सार्बजनिक आब्हान गरिनेछ । साथै, असहाय र अभिभावक विहिन बालबालिकाहरुको अभिभाबकत्व स्थानीय तहले लिनेछ र उक्त विद्यार्थीहरुको माद्यमिक तहसम्मको शिक्षा सुनिश्चित गरिनेछ ।
  • संस्थागत विद्यालयहरुबाट लिने गरिएको कक्षा ८ को परीक्षा शुल्कमा पूर्ण रुपमा छुट गरिनेछ । नगरपालिकाको लगानीमा संस्थागत विद्यालयका शिक्षकको क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ । साथै, संस्थागत विद्यालयको पूर्वाधार निर्माणमा नि:शुल्क परामर्श सेवा प्रदान गरिनेछ ।
  • “म बनाउँछु मेरो विद्यालय” कार्यक्रम सञ्चालन गरि विद्यालयमा मेरो एक दिन कार्यक्रम मार्फत विद्यालयको समग्र विकास, शिक्षकको शिक्षण र विद्यार्थीको सिकाइ सुधार गरिनेछ । प्रत्येक महिनाको पहिलो हप्ता भित्र शिक्षकले उत्कृष्ट विद्यार्थी, विद्यालयले उत्कृष्ट शिक्षक र विव्यसले उत्कृष्ट अभिभाबक पहिचान गरी प्रोत्साहित गरिनेछ । कार्य सम्पादन स्थिति सूचकको आधारमा प्रधानाध्यापकहरुका लागि मासिक रुपमा प्रोत्साहन रकम प्रदान गरिनेछ ।
  • शिक्षा, प्रकृति र बाताबरण बीचको अन्तरसम्बन्धलाई सबलीकरण गर्न एक विद्यार्थी, एक विरुवा, एक विद्यालय, एक बगैचा एक विद्यालय, एक उत्पादनको अबधारणा कार्यान्वयन गरिनेछ ।
  • विद्यालयलाई सामाजिक विकृति (जातीय तथा शारीरिक छुवाछुत, घरेलु हिंसा, लैगिंक विभेद) विरुद्ध परिचालन गरिनेछ । विद्यालयमा स्वास्थ्य सचेतना कक्षा (स्वास्थ्यकर्मी मार्फत प्रत्येक शैक्षिक सत्रमा कम्तिमा ३ पटक) र कृषि तथा पशुपालन प्रर्बद्धन (जेटिए मार्फत प्रत्येक शैक्षिक सत्रमा २ पटक ) कक्षा अतिथि शिक्षकको अबधारण अनुसार सञ्चालन गरिनेछ ।
  • “मेरो विद्यालय, मेरो जिम्मेबारी” कार्यक्रम सञ्चालन गरी विद्यार्थी मार्फत विद्यालय र कक्षाकोठाको सरसफाइ, अभिभाबक र सरोकारवाला मार्फत विद्यालयको मर्मत संभार तथा पूर्बाधारमा सौजन्यता र शिक्षक कर्मचारी मार्फत पेसागत समर्पण, अन्बेषण र महत्वपूर्ण योगदान र निजी तथा सामाजिक क्षेत्रबाट सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालय पूर्बाधार सहयोग कार्यक्रम सञ्चालन गरिनेछ ।
  • ब्रिटिस काउन्सिल तथा अन्य अन्तराष्ट्रिय प्राज्ञिक संस्थाहरुसँगको सहकार्यमा ग्लोबल स्कूल प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिनेछ । शिक्षक गुणस्तर प्रर्वद्धनका लागि स्कूल लिडर म्याराथन र शिक्षक शिक्षण म्याराथन कार्यक्रम सञ्चालन गरिनेछ । साथै नमूनाको रुपमा गुणस्तरीय शिक्षा परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
  • स्थानीय पाठ्यक्रम (हामी र हाम्रो वीरेन्द्रनगर) का आधारमा पाठ्यपुस्तक विकास र छपाइ गरी सामुदायिक र संस्थागत विद्यालयहरुमा नि:शुल्क वितरण गरिनेछ । स्थानीय पाठ्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयबाट वीरेन्द्रनगरको स्थानीय पहिचान र संभावनाको प्रर्वद्धन गरिनेछ । स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि शिक्षक क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
  • नगरपालिका क्षेत्रका १६ वटै वडाहरुमा लिडर स्कूल र फिडर स्कूलको सञ्जाल स्थापना गरी शैक्षिक विकास र प्रर्वद्धानमा एक अर्काको परिपूरक हुने गरी सहकार्य र साझेदारी गर्न सहजीकरण गरिनेछ ।
  • शैक्षिक प्रशासन तथा व्यवस्थापनलाई सक्षम, नतिजामूलक र प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । प्रत्येक विद्यालयमा सक्षम नेतृत्वको विकास गरी परिचालन गरिनेछ । यसका लागि सक्षमताको आधारमा संभाब्य प्रधानाध्यापकको रोष्टर निर्माण गरिनेछ । प्रधानाध्यापक र शिक्षकहरुसँग कार्यसम्पादन करार गरी विद्यार्थीहरुको सिकाइ उपलव्धी अभिवृद्धिमा जवाफदेही वनाइनेछ । विद्यालयमा न्यूनतम् शैक्षिक उपलब्धी कायम गर्न नसक्ने प्रधानाध्यापकलाई नेतृत्वबाट विमुख गरिनेछ । साथै निबृतीभरणका लागि आबश्यक समयावधी पूरा गरी विद्यालयको नेतृत्वदायी भूमिकामा रहेका शिक्षकहरुलाई निबृतीभरणका लागि प्रोत्साहित गरिनेछ ।
  • विद्यालयमा सम्मानजनक शिक्षण सिकाइको बाताबरण निर्माण गरिनेछ । विद्यालयमा शारीरिक, मानसिक, सांकेतिक लगायत कुनै पनि प्रकारको हिंसालाई पूर्ण रुपमा बन्द गरिनेछ । विद्यार्थीको शिक्षण सिकाइमा प्रभाबकारिता ल्याउन सिर्जनात्मक तथा रचनात्मक अभ्यास गर्ने विद्यालय, प्रधानाध्यापक र शिक्षकलाई प्रोत्साहित गर्ने नीति लिइनेछ  । हरेक विद्यालयमा इको क्लब निर्माण गरी हरियाली बाताबरण र बगैचा निर्माण गर्न प्रोत्साहित गरिनेछ ।
  • न्यूनतम् शिक्षक दरबन्दी नभएका विद्यालयहरुमा शिक्षक अनुदान मार्फत अंग्रेजी, विज्ञान र गणितका विषयका शिक्षकहरुको व्यवस्थापन गर्न कर्णाली प्रदेश र शिक्षा क्याम्पस सुर्खेतसँगको सहकार्यमा स्वंसेवक शिक्षक परिचालन कार्यक्रम ईन्टर्नसीप सञ्चालन गरिनेछ । शैक्षिक नतिजा अभिबृद्धि गर्न शिक्षक परिचालन र व्यवस्थापनलाई गतिशील बनाइनेछ । आबश्यकता र औचित्यको आधारमा अन्तर विद्यालय शिक्षक रोटेसन गर्ने नीति लिइनेछ ।
  • सामुदायिक माद्यमिक विद्यालयमा कक्षा ९ देखि नै सञ्चालनमा रहेको विद्यार्थी बृति छनोट कार्यक्रमलाई निरन्तरता दिइनेछ । प्राबिधिक तथा व्यवसायिक शिक्षामा अध्ययन गर्न चाहने दलित तथा जनजाति समुदायका बिद्यार्थीहरुलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ । प्राबिधिक तथा व्यवसायिक कक्षा सञ्चालन भएका विद्यालयहरुमा विपन्न जेहेन्दार विद्यार्थीहरुका लागि कमाउँदै –पढ्दै कार्यक्रम सञ्चालन गरिनेछ ।
  • नगरपालिका क्षेत्रमा सञ्चालित शैक्षिक संस्थाहरुमा गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न प्रत्येक विद्यालयको प्रत्येक वर्ष प्राप्त नतिजा र उपलब्ध पूर्बाधारको आधारमा स्तरीकरण गरिनेछ र विद्यार्थीको उच्चतम् सिकाइ उपलव्धी अभिवृद्धि गरिनेछ ।
  • अनलाईन पद्धति मार्फत शिक्षक पेशागत विकास, प्रधानाध्यापक वैठक, अभिभावक शिक्षा लगायतका माद्यमबाट विद्यार्थीको सिकाइ सफलताको र विद्यालयका शैक्षिक गतिविधिहरुको नियमित समिक्षा गरिनेछ ।
  • प्रत्येक समुदाय स्तरमा सिकाइ केन्द्रको संस्थागत विकास गरी जिवनपर्यन्त सिकाइको अवसर सुनिश्चित गरिनेछ । सामुदायिक सिकाइ केन्द्रको नेतृत्वमा टोल शिक्षा, परिवार शिक्षा र स्वाध्ययन सिकाइ सञ्चालन गरिनेछ ।
  • मेयर तथा उपमेयर कप मार्फत युवाहरुको खेलकुद प्रतियोगितामा सहभागिता गराइनेछ भने विद्यालय स्तरमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरु सञ्चालन गरी खेलकुदको प्रर्वद्धन गरिनेछ ।
  • माद्यमिक विद्यालयहरुमा खेलकुद शिक्षकको व्यवस्थापन गरी विद्यालय स्तरदेखि खेलकुदलाई प्रर्बद्धन गरिनेछ । साथै विद्यालयमा नृत्य शिक्षकको व्यवस्थापन गरी नृत्य र संगीतको विकासमा विशेष जोड दिदै विद्यार्थीहरुको सर्वागिण विकासमा जोड दिइने छ ।
  • प्राविधिक जनशक्ति नभएका विद्यालयहरुमा वैकल्पिक शिक्षालाई सुनिश्चितमा सहयोग पुर्याउन प्राविधिक जनशक्त्तिको व्यवस्थापन गरिने छ ।
  • युवाहरुमा निहित प्रतिभा पहिचान र क्षमता विकासका गरी युवाहरुलाई नगर विकासको संवाहकको रुपमा परिचालन गरिनेछ ।
  • यूवाहरुको उद्यमशिलता र उत्पादन क्षेत्रमा प्रेरित गर्न राष्ट्रिय यूवा परिषद, प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।
  • नगरपालिकाले संचालन गर्ने पूर्वाधारका कामहरुको उपभोक्ता समिति गठन गर्दा यूवाहरुलाई विशेष महत्व दिदै अनिवार्य सहभागिताको नीति लिईने छ । साथै प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा यूवाहरुको अनिवार्य सहभागीतालाई सुनिश्चित गरिनेछ ।
  • समाजमा हुने विभिन्न खाले दुर्व्यसन विरुद्धका अभियान तथा सामाजिक जागरणका अभियानहरुमा यूवालाई विशेष प्राथमिकता दिईनेछ ।
  • यूवाहरुको पढ्ने लेख्ने बानीको विकासमा निखारता ल्याउन सामुदायिक पुस्तकालय स्थापनाका लागि प्रदेश सरकार, संघीय सरकार र विभिन्न साझेदार संस्थाहरुसंगको सहकार्य गरिने छ ।

 

भाषा कला साहीत्य तथा संस्कृती तर्फ

  • नगर भित्र रहेका आदीवासी जनजातीहरुको भाषा सस्कृति जातजातिका संग्रहालयहरुको संरक्षणमा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरिनेछ ।
  • नगर भित्र रहेका विभिन्न सार्वजनिक मठ मन्दीर गुम्वा चैत्य मस्जित चर्चहरुको मर्मत सभार र संरक्षणमा सहयोग गरिनेछ ।
  • कला साहित्य तथा संस्कृतिको प्रवर्द्धनमा विशेष योगदान पुग्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका गतिविधिहरुमा सहकार्य गर्दै स्थानीय स्तरका विभिन्न क्लब, प्रतिष्ठान, समूहहरुलाई प्रोत्साहन गरिने छ ।

 

जनस्वास्थ्य तर्फ

  • “ निरोगी नेपाल निर्माण ” संघीय सरकारको मुल स्वास्थ्य नीति रहेकोले, प्रकृति मैत्री स्वच्छ जीवन प्रणाली प्रर्वद्बन गरी, नगरबासीको रोग प्रतिरोधि क्षमता वृद्बि गर्न, प्रवधनात्मक, प्रतिकारात्मक तथा उपचारात्मक स्वास्थ्य सेवा संचालन गर्न आधारभुत स्वास्थ्य सेवा केन्द्र मार्फत गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा समुदाय स्तर सम्म पुर्याउने नीति लिईने छ ।
  • नगर गौरवको रुपमा नगरभित्र गुणस्तरीय चिकित्सकिय सेवा, आकस्मिक स्वास्थ्य सेवा, निदानात्मक सेवा प्रवाहका लागि कटकुवा स्वास्थ्य संस्थाको भवनमा हालको कोभिड अस्पताललाई १५ शैयाको नगर अस्पतालको रुपमा आधारभूत तथा चिकित्सकीय सेवा सहित संचालन गरिने छ।
  • नगर भित्रको स्वास्थ्य स्थितिको यथार्थ सूचक पहिचान गरि आगामी दिनमा नगरको नीति तथा कार्यक्रम निर्माण गर्न, लक्षित वर्ग र समुदायमा स्वास्थ्य कार्यक्रम पुर्याउनको लागि नगर स्वास्थ्य प्रोफाइल तयार गरिने छ ।
  • नसर्ने रोगको रोकथाम तथा न्युनीकरण गर्न वडा स्तरका आधारभूत स्वास्थ्य संस्थाबाट ४० वर्ष माथिका नागरिकको अधिक तौल, कुपोषण, महिलाको पाठेघरको रोग, दमरोग, मृगौलारोग क्यान्सर रोग, मधुमेहरोग,  सिकलसेल एनिमिया, उच्चरक्तचाप जस्ता रोगको नियमित जाँच गर्ने र बडी मास ईन्डेक्स जाँच तथा परामर्शको व्यवस्था मिलाउने र समुदायमा स्वस्थ्य आहार विहार सम्वन्धी जनचेतनामुलक स्वास्थ्य कार्यक्रम संचालन गरिनेछ ।
  • घरमा हुने प्रसुती सेवालाई निरुत्साहित गर्न भौतिक संरचना भएका र वर्थिङ सेन्टरको मापदण्ड पुगेका आधारभूत स्वास्थ्य सेवा केन्द्रमा दक्ष प्रसुतिकर्मी, आवश्यक सामाग्रीको व्यवस्थापन, क्रमशः संस्था सूचिकृत गरि क्रमशः प्रसुति सेवा संचालन गरिनेछ ।
  • आमा सुरक्षा कार्यक्रमलाई सहयोग गर्न गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सेवा कार्यक्रमलाई निरन्तरता दिने र थप अस्पतालहरुमा सेवा विस्तार गरिनेछ ।
  • नगरवासी गर्भवती महिलाहरुलाई प्रसुति सेवा लिन स्वास्थ्य संस्थासम्म जानको लागि नगर एम्वुलेन्सद्धारा निशुल्क सेवा दिईनेछ । र अस्पताल सम्म जाँदा लाग्ने एम्बुलेन्स शुल्क पनि उपलब्ध गराईने छ ।
  • पाठेघर खस्ने समस्याको न्यूनिकरण गर्नका लागि पाठेघरको मुखको क्यान्सर स्क्रेनिङ क्याम्पको संचालन गर्ने र निशुल्क अप्रेशनको व्यवस्था मिलाउने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • मर्यादित महिनावारी र सरसफाईलाई महिला मैत्रि र किशोरी मैत्री बनाई प्रभावकारी कार्यक्रम संचालन गर्न स्वास्थ्य संस्थाबाट  र विद्यालयबाट निशुल्क सेनेटरी प्याड वितरणलाई निरन्तरता दिने व्यवस्था मिलाईनेछ ।
  • नर्सिङ तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न थप विद्यालयहरुमा विद्यालय नर्सिङ सेवा संचालन गरिनेछ ।
  • राष्ट्रिय स्वास्थ्य नीति तथा कार्यक्रम अनुसार वाल तथा मातृमृत्युदर घटाउनका लागि सुरक्षित मातृत्व, वाल स्वास्थ्य,पोषण, स्वास्थ्य कार्यक्रम, परिवार नियोजन, खोप कार्यक्रम, सरुवा रोग तथा संक्रामक रोग संग सम्बन्धित विभिन्न प्रतिकारात्मक, प्रवद्र्धनात्मक कार्यक्रमलाई प्रभावकारी रुपले संचालन गर्ने व्यवस्था मिलाईनेछ ।
  • नगरभित्रका नीजि स्तरमा संचालित स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई सुचिकृत गर्न तथा रिपोर्टिङ गर्न व्यवस्था मिलाउने र निरन्तर अनुगमन, सुपरिवेक्षण गरि गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रोत्साहन गरिनेछ ।
  • सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा ईन्टरनेटको पहुंच विस्तार गरि विधुतिय सुचना प्रणालीलाई चुस्त दुरुस्त बनाई एकिकृत सुचना प्रणालिलाई प्रभावकारी बनाउने र दक्ष स्वास्थ्य कर्मी बनाउन तालिमको व्यवस्था मिलाउने, Online Reporting e-LMIS System लाई विस्तार गरिनेछ ।
  • विश्वव्यापि रुपमा फैलिएको COVID-19 रोगको दाश्रो तथा तेश्रो लहरलाई रोकथाम तथा नियन्त्रणका लागि निम्न कार्यहरु प्रभावकारी रुपमा गरिनेछ ।

क. नगरका विभिन्न समुदायमा संक्रमित रोगीको खोजी गर्ने, सम्पर्कमा आएका व्यक्ति र अन्य जोखिम यूक्त ठाउमा कार्य गर्ने व्यक्ति तथा शंकास्पद व्यक्तिलाई कन्ट्राक्ट ट्रेसिङ गरी समुदाय स्तरमा व्यापक परिक्षण गर्ने नीतिलाई निरन्तरता दिईने छ ।

ख. संक्रमित व्यक्तिलाई आइसोलेसन तथा अक्सिजन सहितको चिकित्सकीय सेवा प्रदान गर्न २५ वेडको  कोभिड आइसोलेसन अस्पताल संचालन गरि सेवा पुर्याउने कार्यलाई निरन्तरता दिईने छ ।

ग. कोभीडबाट संक्रमित व्यक्तिलाई बोक्नको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गर्न तथा मृतकलाई शव वाहनको व्यवस्था मिलाउने कार्यलाई निरन्तरता दिईनेछ ।

घ. कोभीड १९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री तथा औषधि प्रयाप्त उपलब्धतालाई प्रभावकारी गराईनेछ ।

ङ. नगरभित्रका प्रत्येक वडाको समुदाय स्तरसम्म कोभिड १९ को नियन्त्रण गर्न एन्टीजिन, पि.सी.आर परिक्षण गर्ने कार्यलाई वढाउने तथा निरन्तरता दिईनेछ ।

च. आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुखलाई फोकल पर्सन तोकि टोल वडाका जनप्रतिनिधिको सहयोग र समन्वयमा क्वारेन्टाइन, आईसोलेसन, कन्ट्याकट ट्रेसिङ,परिक्षण अनुगमन गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

  • समुदाय स्तरमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाको मनोबल बढाउन महिला स्वास्थ्य स्वयंसेविका क्षमता अभिवृद्बि गर्ने, यातायात तथा संचार खर्चको व्यवस्था गर्ने, स्वेच्छिक अवकाश हुँदा नगरवाट प्रोत्साहन भत्ताको व्यवस्था गरिने छ । नेपाल सरकारले उपलब्ध गराउने प्रोत्साहन रकम रु.१२ हजारमा नगरपालिकाबाट रु.१२ हजार थप गरी रु.२४ हजार पुर्‍याइने छ ।
  • नगरभित्रका सम्पूर्ण सामूदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरुको सामूहिक स्वास्थ्य बिमा गरि सामूदायिक महिला स्वास्थ्य स्वयं सेविकाको मनोवल उच्च गराउने र समुदाय स्तरमा स्वास्थ्य बिमा कार्यक्रमाई प्रभावकारी रुपमा संचालन गर्न जनचेतनामुलक कार्यक्रम तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिनेछ ।
  • स्वास्थ्य संस्थाको सेवा बारे सार्वजानिक गर्न सार्वजानिक लेखा परिक्षणलाई प्रत्येक स्वास्थ्य संस्थाले अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाईने छ ।
  • नगरभित्रका आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई संचालन गर्न खोपकेन्द्र ,गाउँघर क्लिनिक तथा अन्य आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय रुपमा प्रवाह गर्न आवश्यक भौतिक पुर्वाधार, औजार उपकरण, फर्निचर, औषधि, एकिकृत सूचना सामाग्री, मसलन्दको व्यवस्थापनलाई निरन्तरता दिईनेछ ।
  • मदिरा तथा सुर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न, उपलब्धतालाई नियन्त्रण, बिक्रि वितरणलाई उचित स्थान र समयलाई व्यवस्थित गर्न अनुगमन तथा नियमन गर्ने व्यवस्था गरिनेछ।
  • सरुवा रोग जस्तै क्षयरोग, कुष्ठरोग, मलेरिया, डेङ्गु, एचआईभि एड्स तथा यौनरोग नियन्त्रण सम्बन्धि कार्यक्रम संचालन गर्ने र डेङ्गु तथा मलेरीया बिरुद्बको विषादी छर्किने कार्यक्रमलाई निरन्तरता गरिनेछ ।
  • स्वास्थ्य संस्थाहरुको गुणस्तरीय सेवा प्रवाहका लागि प्रभावकारी बनाउन अनुगमन, सुपरिवेक्षण गरि संस्था र स्वास्थ्य कर्मीको सेवा प्रवाहलाई वृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेको समुदायमा सामूदायिक स्वास्थ्य सेवा केन्द्रको विस्तार गर्ने व्यवस्था मिलाउने ।
  • नगरभित्रका आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामूदायिक तथा स्वास्थ्य व्यवस्थापन समितिको व्यवस्थापनमा ‘सि’ वर्गको प्रयोगशाला क्रमशः विस्तार गर्दै लगिनेछ ।
  • सम्पूर्ण स्वास्थ्य संस्थालाई बालमैत्री, अपाङ्ग मैत्री, जेष्ठ नागरिक मैत्री, गर्भवती सुत्केरी मैत्री र किशोर किशोरी मैत्रीको रुपमा व्यवस्थापन गरिनेछ ।
  • नगरभित्र रहेका थारु समुदायमा सिकलसेल एनिमिया रोगको प्रयोगशाला परिक्षण,उपचार तथा अभिमुखिकरण कार्यक्रम संचालन गरि सिकलसेल एनिमिया रोगलाई न्युनिकरण गरिनेछ ।
  • राष्ट्रिय प्राथमिकता प्राप्त वहुक्षेत्रिय पोषण कार्यक्रम, वाल स्वास्थ्य पोषण तथा गर्भवती तथा सुत्केरी महिलाको पोषणयुक्त खानाको कार्यक्रम संचालन गर्न सरकारी तथा गैर सरकारी संघ संस्थासँग समन्वय गरि कार्यक्रम संचालन गरिनेछ ।
  • नगरपालिका अन्तर्गत स्वास्थ्य सेवाको पहुँचवाट टाढा भएका वडाहरुमा विशेषज्ञ सहितको स्वास्थ्य शिवीर संचालन गरिनेछ ।
  • नगरभित्रका समुदायस्तरमा मोतिविन्दु स्क्रेनिङ गरि मोतिविन्दुको अप्रेशन गर्न सम्वन्धित संस्थासंग समन्वय गरी उपचार गर्ने कार्यक्रम गरिनेछ ।
  • नगरभित्र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा स्वास्थ्य सेवालाई प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिनेछ ।

 

पूर्वाधार विकास तर्फ

  • पहिलो नगरसभाले नीतिगत रुपमा पास गरेको वीरेन्द्रनगरको विस्तारित क्षेत्रको गुरुयोजना निर्माण कार्यको आ.ब. २०७८/०७९ मा सम्पन्न गरिने छ ।
  • नगरपालिकाको सुब्बाकुना देखि फलांटे सम्म सहायक राजमार्ग (हर्टलाईन) को नक्साङ्कनलाई निरन्तरता दिंदै निर्माण प्रकृयालाई यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी थप ब्यवस्थापनको लागि प्रदेश सरकार र संघीय सरकार संग सहकार्य गरिनेछ ।
  • नगरका सडक र खोलाको नक्साङ्कन गरी क्षेत्राधिकार एकिन गरी संरक्षणको नीति निरन्तरता दिदै यस आ.ब.मा काम सम्पन्न गरिने छ ।
  • नगर क्षेत्रका सडकहरु तथा प्रत्येक घरधुरीको नम्बरिङ्ग गर्दै मेट्रिक ठेगाना प्रणाली लागु गर्न प्रदेश सरकार संग सहकार्य    गरिनेछ ।
  • वीरेन्द्रनगर नगरपालिका वडा नं १ मा सुर्खेत वसपार्क निर्माणको लागि संघीय सरकार, प्रदेश सरकार र नीजि क्षेत्रसंग सहकार्य गर्दै सार्वजनिक नीजि साझेदारीको अवधारणा अनुरुप निर्माण कार्य अगाडि बढाईने छ ।
  • बिस्तारित नगर क्षेत्रका जमिनमा बढ्दै गएको अब्यबस्थित जग्गा प्लटिङ्ग बसोबास र सडक खोल्ने कार्यलाई निरुत्साहित गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
  • नगर क्षेत्रभित्र नीजि, सामुदायिक तथा सरकारी भवनहरुलाई नक्सापास गर्ने, भूकम्प प्रतिरोधी र बस्तिलाई सुरक्षित तथा सुन्दर बनाउने कार्यलाई भवन निर्माण संहितामा आबश्यक संशोधन गरी थप प्रभावकारी रुपमा लागु गरिनेछ ।
  • भुकम्प प्रतिरोधि घर निर्माणका लागि प्राविधिक तथा डकर्मीको क्षमता विकास तथा समुदायमा जनचेतनाका कार्यक्रम सचालन गर्न विभिन्न संस्थाहरु संग सहकार्य गर्दै तालिम प्राप्त डकर्मीहरुबाट मात्र घर निर्माण गर्ने ब्यबस्था गरिनेछ ।
  • समग्र नगर क्षेत्र फोहरमैलाको उचित ब्यबस्थापनका लागि ल्याण्डफिल साईट निर्माणको स्वीकृत बिस्तृत आयोजना प्रतिबेदन अनुसार निर्माण कार्यलाई निरन्तरता दिन संघीय सरकार, प्रदेश सरकार तथा दातृनिकायहरु संग सहकार्य गरिनेछ ।
  • शहरी नापी कार्यलाई निरन्तरता दिईनेछ । नापी टोलिलाई सम्झौता गरेर लक्ष्य तोकी अनुगमनको आधारमा खर्च गर्ने ब्यबस्था मिलाईनेछ ।
  • नगर क्षेत्रको संबृद्ध बिकासको लागि नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै पि.पि.ई. मोडलबाट बिकास निर्माणका कार्यहरु सञ्चालन गर्ने नीति अबलम्बन गरिनेछ ।
  • वीरेन्द्रनगर उपत्यका लगायत बाहिरका वडा १२, १३, १४, १५ र १६ मा देखिएको खानेपानी समस्या समाधानका लागि स्रोत सम्भाब्यता अध्ययन गर्दै खानेपानीको ब्यबस्थापन गर्न प्रदेश सरकार र संघीय सरकार संग समन्वय गर्दै नगर महत्वको आयोजनाका रुपमा क्रमागत रुपमा अघि बढाईनेछ ।
  • वीरेन्द्रनगर क्षेत्रभित्र रहेका पक्की सडकहरुमा देखापरेका खाल्डा खुल्डी मर्मत गर्ने कामका लागि चालु आर्थिक वर्षमा उपकरण खरिद भईसकेको हुंदा उक्त कार्य अगाडि बढाउन छुट्टै निर्माण दल गठन गरी वडा स्तरमा विनियोजित सडक मर्मत वजेट कार्यालय मार्फत परिचालन गरिनेछ  ।  सो कार्यका लागि सडक मर्मत कोष समेत बनाईनेछ ।
  • साझेदारी संस्थाहरु (शहरी विकास मन्त्रालय र दातृ निकाय लगायत) को सहयोगमा सघन शहरी विकास कार्यक्रम अघि बढाउन पहल गरिनेछ ।
  • वीरेन्द्रनगर सिटी बसपार्क बिस्तार कार्य चालु आर्थिक वर्षमा भईरहेकोमा आगामी आर्थिक वर्ष उक्त बसपार्क भित्र आबश्यक थप संरचना निर्माण कार्य गर्न प्रदेश सरकार सग पहल  गरिनेछ ।
  • नक्सा पासको रेकर्डहरु चुस्त दुरुस्त र समयमा नै उपलब्ध गराउने उद्येश्यले सफ्टवेर   ब्यबस्थापन गर्दे पुराना नक्सापास भएका फाईलहरुलाई अभिलेख गरी राख्ने कार्यलाई निरन्तरता दिईनेछ ।
  • पूर्वाधार बिकास क्षेत्रमा मानव स्रोत साधनको प्रयोग गरी स्थानीय रोजगारीसंग आबद्ध गरी योजना सञ्चालन गरिनेछ ।
  • नगर भित्रका कृषि योग्य जमिन सिंचाई को पहुंच सुनिश्चित गर्न प्रदेश सरकार र संघीय सरकार संग पहल गरिनेछ ।
  • पूर्वाधार बिकासमा कृषि तथा पर्यटकीय सडक निर्माणका लागि प्रदेश तथा संघीय सरकार संग अनुरोध गरिनेछ ।
  • रत्न राजमार्ग दक्षिणतर्फ क्षेत्रहरुको बाटोको क्षेत्राधिकार तोकि सडक स्तरोन्नती, कालोपत्रे गर्ने ब्यवस्था मिलाईनेछ ।

 

सरसफाई तथा स्वच्छता तर्फ

  • कोरोना भाइरसको संक्रमण जोखिम रोक्न एवं थप विस्तार हुन नदिन सूरक्षित म र मेरो समुदाय विशेष अभियान सहित विभिन्न सरसफाई तथा स्वच्छताका लागि मानिस वढी आउने सार्वजनिक स्थलहरुमा सावुन पानीले हात धुने कार्यक्रम संचालन गर्न विभिन्न दातृ सस्था संग सहकार्य गरि स्थानिय गैरसरकारी संस्थाहरुलाई परिचालन तथा टोल विकास संस्थाहरुलाई परिचालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • फोहरलाई स्रोतमा नै छुट्याइ ब्यवस्थापन गर्न शुन्य फोहर कार्यक्रम संचालन गर्ने टोल विकास सस्थाहरुलाई प्रोत्साहन   गरिनेछ ।
  • भान्साको फोहर घरमै ब्यवस्थापन गर्न वजार क्षेत्रमा लक्षित गरी कौशि खेती कार्यक्रम प्रतिस्पर्धात्मक रुपमा संचालन गर्न क्षमता विकास तथा उपकरण  सहयोग गरिनेछ ।
  • उपत्यका भित्रका वडाहरुमा एकरुपता कायम गरी फोहरमैला व्यवस्थापन गर्न फोहोरमैला व्यवस्थापन गर्न नीजि क्षेत्रसग सहकार्य गर्दै सार्वजनिक नीजि साझेदारीको अवधारणा अघि बढाइने छ ।
  • उपत्यका भित्रका वडाहरुमा सशुल्क सरसफाईको नीति लिइ प्रत्येक टोलमा हप्तामा कम्तीमा १ पटक अनिवार्य फोहर संकलन साधन पुग्ने प्रवन्ध गरिनेछ । कानून वनाइ जथाभावि फोहर गर्नेलाई दण्ड जरिवाना र सेवा सुविधा रोक्का गरीनेछ भने फोहर मैला व्यवस्थापनमा उल्लेख्य योगदान दिनेलाई सम्मान गरिनेछ ।
  • फोहर ब्यवस्थापनमा सलग्न यूवा तथा पिछडीएका वर्गहरुलाई फोहरमैला व्यवस्थापनका श्रृजनशिल क्षेत्रमा काम गर्न प्रेरित गर्दे फोहरमैला व्यवस्थापनलाई आय आर्जनसंग जोड्न नीजि क्षेत्र, साझेदार संस्था लगायत, गैर सरकारी सस्थाहरुसग सहकार्य  गरिनेछ ।
  • नगर भित्र नागरिकले फोहरका रुपमा फालेका सामाग्रीहरुको पुन: प्रयोग गर्दै पार्क बनाउन नीजि क्षेत्र तथा दातृ निकायहरुसग सहकार्य गरिनेछ ।
  • नगरपालिका र साझेदार संस्था लगायतका सहयोगमा निर्माण भएका स्मार्ट सार्वजनिक शौचालयहरुलाई सार्वजनिक नीजि साझेदारी अबधारणामा व्यवस्थीत ढंगवाट सचालन गर्दे उपत्यका भित्रका अन्य महत्वर्ण स्थानहरुमा थप सार्वजनिक शौचालय निर्माणमा प्रदेश सरकार तथा अन्य  दातृ निकायहरुसग पहल गरिने छ ।
  • साझेदार संस्थासगको सहकार्यमा निर्माण भएको दिशा जन्य लेदो ब्यवस्थापन प्लान्टलाई सचालन निर्दिशका बनाई संचालन गर्ने, दिशा जन्य लेदो ब्यबस्थापनमा नीजिक्षेत्रसंग सहकार्य गरि प्रभावकारी सेवा प्रदान गरिनेछ । त्यस क्षेत्रमा काम गर्ने जनशक्तिको सुरक्षा मापन अनिवार्य गराइनेछ । दिशा जन्य लेदो तथा फोहर ब्यबस्थापनमा बैज्ञानिक सेवा शुल्क निर्धारण गरिने छ ।
  • स्वास्थ्य संस्थाजन्य फोहोरलाई व्यवस्थित गर्नका लागि गैर सरकारी संघ संस्था र निजी क्षेत्रसंग सहकार्य गरी अगाडी बढाइनेछ ।
  • सफा र स्वच्छ तथा वातावरण मैत्री नगर निर्माणका लागि योजना बनाई अगाडी वढ्न गैर सरकारी सघ सस्था तथा दातृ निकायहरु सँग सहकार्य गरिनेछ ।
  • नगरपालिकाको ल्याण्डफिल साइट गुरुयोजना बमोजिम निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र दातृ निकायहरुसंग सहकार्य गरिनेछ ।
  • नगरभित्रका सार्वजनिक खोलाहरु सरसफाई तथा खोलाको दुबै किनारमा हरियाली प्रबर्धन गर्ने कार्य अभियानकै रुपमा अघि लगिने छ ।
  • वातावरण मैत्री शवदाह व्यवस्थानका लागि आवश्यक जनशक्ति तयारी तथा परिचालनको नीति लिइनेछ ।
  • नगर क्षेत्रका सर्वजनिक स्थलहरु जस्तै खुल्ला चौर, खोला सडक र नालाको अवरोध हटाउने जस्ता कार्यहरुलाई विशेष सरसफाई कार्यक्रम संचालन गर्ने ।

 

 

 

 

विपद व्यवस्थापन

  • प्रत्येक वडा र नगरमा रहेको विपद व्यवस्थापन कोषलाई वृद्धि गर्दै सोको परिचालन कोष परिचालन विपद कोष परिचालन कार्यविधि बमोजिम गरी नगर भित्र हुने विपदका लागि तत्काल राहतको प्रवन्ध गर्ने ब्यवस्था मिलाईनेछ ।
  • नगरपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजनामा कोभिड लगायतका महामारी विशेषलाई समेत समेटी अद्यावधिक गरिनेछ, विपदको समयमा प्रतिकार्य गर्न प्रतिकार्य टोलि गठन गरी क्षमता विकास गर्न गैर सरकारी संघ सस्था र दातृ निकायहरु संग सहकार्य गरिनेछ ।
  • संभावित विपदसंग सामना गर्न आवश्यक औजार सहितको संयन्त्र निर्माण गर्नका साथै विभिन्न स्थानमा विपदको पुर्वसूचना प्रणाली स्थापनाका लागि प्रदेश सरकार लगायत सरोकारवाला संघ, सस्थासंग समन्वय गरिनेछ ।
  • साझेदार निकाय लगायत सहयोगी संघ संस्थासंगको सहकार्यमा आपतकालिन केन्द्र गरि संचालनमा ल्याइनुका साथै राहत सामग्री भण्डारण केन्द्र स्थापना गर्न प्रदेश सरकारलगायत सहयोगी निकायहरुसँग पहल गरिनेछ ।
  • नगरपालिकाको अग्नि नियन्त्रक टोलीको क्षमता विकास गर्दै थप अग्नी नियन्त्रण उपकरणका लागि संघ, प्रदेश सरकार र अन्य साझेदार संस्थाहरुसंग सहकार्य गरिनेछ । जलवायु अनुकुलनका कार्यक्रम सहित नगरको हरियाली प्रर्वद्धन र फोहरमैला व्यवस्थापनका लागि नगर महत्वको योजनाका रुपमा राखि प्रदेश सरकार र केन्द्रिय सरकारसंग सहकार्य गरिनेछ । नगरपालिकाको सम्भावित डुवान क्षेत्रमा उद्धार तथा राहत सामग्री (लाईफ ज्याकेट, रबर बोट, आदि)को व्यवस्था गरिने छ ।
  • विपदका लागि उत्थानशील नगर निर्माणका लागि आवश्यक नीति तथा योजना निर्माण र विद्यालय, टोल, वडा तथा नगरतहका विपदसग सम्वन्धित सरचनाहरुको कृयाशिलता वढाइ यसमा सलग्न पदाधिकारी तथा स्वयंसेवकहरुको क्षमता विकासका काम गर्न तयार नेपाल परियोजना लगायत अन्य साझेदार संस्थाहरु सँग सहकार्य गरिनेछ  ।

 

वातावरण संरक्षणशहरी सौन्दर्यता

  • नगर भित्रका १० लाख भन्दा ठूला पूर्वाधार विकासका आयोजनामा कम्तिमा ३‍‍‍‍‍‍‍‍‍‍‍ प्रतिशत रकम वातावरण संक्षणमा योगदान पुग्ने कार्य अनिवार्य गराउने गरी आयोजनाको डिजाइन स्टमेट गरि कार्यान्वयन गर्ने व्यवस्था मिलाईनेछ ।
  • काँक्रेबिहार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि काँक्रेबिहारलाई चिडिया खानाको रुपमा विकास गर्न र सो क्षेत्रमा रहने बन्यजन्तु तथा चराचुरुङ्गीको बासस्थान र पानीको व्यवस्थापन गर्न  संघीय सरकार र प्रदेश सरकारसंग सहकार्य गरिनेछ ।
  • वीरेन्द्रनगर भित्र रहेका वनलाई आयमूलक वन वनाउन वन उपभोक्ता समितिलाई आवश्यक सहयोग एवं सहजीकरण गरिनेछ साथै वीरेन्द्रनगरको उत्तरी जलाधार संरक्षणका लागि प्रदेश सरकार र संघीय सरकारसंग पहल गरिनेछ । वीरेन्द्रनगरलाई हरित नगर (Green City) का रुपमा विकास गर्न सडक छेउ वृक्षारोपण तथा एक घर दुई बिरुवा कार्यक्रमलाई निरन्तरता दिदै यसलाई अभियानकै रुपमा अघि लगिने छ ।
  • ग्रामिण वडाका सडकहरुमा फलफुल तथा बहुवर्षे डालेघांसवाट सडक सजावट गर्ने स्थानीय बासिलाई प्रेरित गरिनेछ ।
  • सडकमा छोडिएका पशु चौपाय नियन्त्रणका लागि पशु वोर्डस् कार्यक्रमलाई निरन्तरता दिदै वृद्ध तथा अपांग पशुहरुलाई समेत नगर भित्रै आश्रय स्थल बनाइ सरक्षण गर्न प्रदेश सरकार तथा धार्मीक, सामाजिक तथा गैर सरकारी संघ संस्थाहरुसंग सहकार्य गरिनेछ ।
  • सौर्य ऊर्जा र वायो ग्यास विस्तारमा विशेष जोड दिइनेछ ।
  • नगरका महत्वपूर्ण सडकका रुखहरुलाई छटान तथा सजावटका कार्य गर्दै सडक सौन्द्धर्य प्रर्वद्धनका कार्य गरिनेछ ।
  • सडक बत्ति लगायत शहरी सौन्दर्य एवं ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी, टोल विकास संस्था र नीजि क्षेत्रसंग सहकार्य   गरिनेछ ।
  • नगर क्षेत्रभित्र संचालित अटो तथा ई-रिक्सालाई सुरक्षित एवं सुव्यवस्थित रुपमा संचालन तथा व्यवस्थापन गर्न प्रभावकारी अनुगमन तथा नियमन गरिने छ ।

सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ

  • कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको यस नगरपालिकालाई उप महानगरपालिकाको रुपमा घोषणाका लागि यसै सभाबाट प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष अनुरोध गरिनेछ ।
  • नगरपालिकाको कार्यबोझको आधारमा संगठन विकास अध्ययन गरि आवश्यक दरबन्दी सिर्जना गर्ने, कर्मचारीको पदपूर्ति गर्ने र कर्मचारीलाई निश्चित सूचकका आधारमा कार्य विवरण सहितको कार्य सम्पादन सम्झौता गरि कार्यान्वयन पक्षको मूल्यांकनका आधारमा पुरस्कार र दण्ड नीति अवलम्वन गर्दै कार्य प्रति जवाफदेही बनाइनेछ ।
  • नगरपालिका अन्तर्गत वडा कार्यालय, शाखा/उपशाखाहरुको सेवा प्रवाहको अनुगमनका लागि सुशासन समितिलाई जिम्मेवार बनाईनेछ । साथै नागरिक वडापत्रको प्रभावकारी कार्यान्वयन गर्न सेवा प्रदायका रुपमा रहेका सम्बन्धीत शाखा तथा वडा कार्यालयलाई सहजिकरण गर्दै न्युनतम लागतमा सेवा प्राप्त हुने सुनिश्तता कायम गरिनेछ ।
  • एकद्वार सूचना व्यवस्थापन प्रणाली स्थापित गर्दै नगरको एकिकृत गतिविधि समेटिएका श्रव्य दृश्य सामाग्रीहरु विभिन्न छापा तथा विद्युतीय संचार माध्यमबाट उत्पादन प्रकाशन तथा प्रसारण गरी सूचनाको हकको प्रचलनलाई थप व्यवस्थित गराईनेछ ।
  • सबै शाखा तथा वडा कार्यालयबाट विद्युतिय पत्राचारलाई लागु गर्दै क्रमश विद्युतिय सुशासनको अवधारणा अनुसार कार्य अघि बढाइनेछ । कार्यालयका नियमित बैठक गोष्ठी तालिममा विशेषज्ञ सेवाको प्रयोग गर्न तथा भौगोलिक दुरी कम गर्दै लागत कटौती गर्नका लागि अनलाईन प्रणालीको क्रमश प्रयोगलाई बढाईनेछ ।
  • कर्मचारीहरुलाई उच्च मनोबलका साथ कार्य गर्ने वातावरण सिर्जना गर्नका लागि तालिम गोष्ठी भ्रमणलाई उपलब्धीमुलक हुने गरी सेवा प्रवाहसँग आबद्ध गरिनेछ । साथै शाखागत, वडागत जिम्मेवारी बाडफाडलाई थप व्यवस्थित गरिनेछ ।
  • कर्मचारीको पेशागत आचरण लगायतका प्रावधानहरुलाई निरन्तरता दिँदै सेवाग्राही मैत्री एवंम मर्यादित सेवा प्रवाहको व्यवस्था मिलाइनेछ ।
  • नगरका कर्मचारी एवं पदाधिकारी, उपभोक्ता समिति र टोल विकास संस्थाहरुको पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरुको तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
  • नगरका विभिन्न बैठक तथा कार्यक्रमहरुमा अनावश्यक खर्च कटौतीको नीति अख्तियार गरि आर्थिक मितव्ययिता तथा खर्चमा एकरुपता ल्याईनेछ ।
  • वैशाख २५ गते नगरपालिकाको स्थापना दिवसका अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
  • बजार क्षेत्र लगायत नगरका प्रमुख स्थानहरुमा सिसिटिभी क्यामराको विस्तार गरिनेछ । नगरपालिकाको आफ्नै अप्टिकल फाईबर मार्फत ईन्ट्रानेटको प्रयोगलाई क्रमश वृद्धि गरिनेछ ।
  • सवै वडामा छिटो छरितो शान्ति सूरक्षाको प्रत्याभूती नागरिकलाई गरांउन सवै वडामा प्रहरीको नियमित उपस्थितिका लागि आवश्यक सहयोग एवं समन्वय गरिनेछ ।
  • नगरपालिकाको भवन निर्माण र आफ्नै भवन नभएका वडा कार्यालयका भवन निर्माण कार्यलाई प्राथमिकताका दिनेछ । प्रत्येक वडा कार्यालयहरुमा गुनासो सुनुवाई र सम्वोधनको संयन्त्र खडा गरिनेछ । सो का लागि नगर कार्यपालिकाको कार्यालयबाट टोल फ्री नम्बर स्थापना गरी गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यको थालनी गरी क्रमशः नगरपालिका अन्तर्गतका सबै वडाहरुमा विस्तार गरिनेछ ।
  • संचारकर्मीहरुको उत्प्रेरणा वृद्धि गर्न नगरपालिकाले आफ्नो नगर क्षेत्रमा क्रियाशील संचारकर्मीहरु मध्ये महिला र पुरुष गरी उत्कृष्ट ४ जना पत्रकारलाई नगर विकास पत्रकारिता पदक तथा जनही रु २५ हजार नगद पुरस्कारबाट सम्मान गरिनेछ ।
  • नगरपालिकाबाट प्रकाशन हुने लोककल्याणकारी सूचनाहरु स्थानीय संचारमाध्यमबाट प्रकाशन तथा प्रशारण गर्ने नीति लिइनेछ ।
  • नगरका वडा कार्यालय, शाखा/उपशाखाहरुको सेवा प्रवाहको अनुगमनका लागि आवश्यक संयन्त्रको विकास गर्नुका साथै नागरिक वडापत्रको प्रभावकारी कार्यान्वयन गर्न विभिन्न वस्तीहरुमा पुगी अनुशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
  • नगरपालिकाका हरेक सूचनाहरुलाई विद्युतिय माध्यमबाट प्रकाशन प्रसारण गर्नुका साथै गुनासो सुनुवाईको व्यवस्था, अडियो नोटिस सेवा, तथा नगर गतिविधि समेटिएका विभिन्न कार्यक्रम, छापा तथा विद्युतिय संचार माध्यमबाट संचालन गरिनेछ ।
  • स्वास्थ्य समस्याका कारण सेवा प्रवाह गर्न समस्या भोगिरहेका नगरपालिकाका कर्मचारीहरुलाई ५ वर्षको सेवा अवधि थप गरि सेवाबाट निवृत्त हुन प्रोत्साहन गरिनेछ ।
  • संघीय सरकार र कर्णाली प्रदेश सरकारले निजामति कर्मचारीलाई दिने प्रोत्साहन सुविधामा नघट्ने गरी यस नगरका सवै कर्मचारीहरुलाई प्रोत्साहन सुविधा दिई कर्मचारिहरुलाई कार्यप्रति उत्प्रेरित गरिनेछ ।
  • स्वास्थ्य तर्फ आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामूदायिक स्वास्थ्य सेवा केन्द्रको दरवन्दी कायम गरि नगरपालिकाको संगठन व्यवस्थापनमा आवद्ध गराउने र निजामती राष्ट्रिय कितावखाना, स्वास्थ्य मन्त्रालयमा सूचिकृत गर्ने कार्यलाई अघि वढाईनेछ ।

 

सामाजिक सुरक्षा तथा पञ्जीकरण तर्फ

  • सबै वडाहरुबाट ब्यक्तिगत घटना दर्ता अनलाईन प्रणालीबाट गरिने छ । ब्यक्तिगत घटना दर्ता समयमा नै गर्नका लागि प्रचार प्रसार तथा वडाहरुमा घटना दर्ता शिविर सञ्चालन गरिने छ ।
  • सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको तथ्याङ्क अध्यावधिक गरीने छ ।
  • ब्यक्तिगत घटना दर्ताका हस्तलिखित रजिष्टरहरु डिजिटाइजेसनलाई निरन्तरता दिदै स्थानीय पञ्जीकाधिकारीहरुलाई अभिमुखिकरण तालिम प्रदान गरी दक्षतामा सुधार गरिने छ ।

 

न्यायिक क्षेत्र तर्फ

  • नगरवासीको न्यायमा सहज पहुँच स्थापित गरिने छ । यसका लागि आर्थिक रुपले विपन्न तथा असहाय ब्यक्तिहरु, महिला, जेष्ठ नागरिक, अपांग लगायतलाई निःशूल्क कानूनी सहायताको ब्यवस्था गरीने छ ।
  • नगरपालिकाका सूचिकृत मेलमिलाप कर्ताहरुद्वारा वडा स्तरमा विवाद समाधानका लागि आवश्यक ब्यवस्था गरिने छ ।
  • हरेक वडामा रहेका गरिव तथा जेहन्दार छात्राहरु मध्ये कानून विषयमा उच्च शिक्षा अध्ययनका लागि छोरी छात्रबृद्धि कार्यक्रम सञ्चालन गर्नका लागि कोष स्थापना गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयसंग निरन्तर रुपमा सहकार्य गरिने छ ।
  • आर्थिक रुपमा कमजोर पिडित पक्षलाई नगरपालिकाको तर्फबाट निशुल्क कानुनी सेवा प्रदान गरिने छ । न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने मुद्दाहरुमा कानून ब्यवसायीद्वारा मुद्दा दर्ता, बहस पैरवी लगायतको कानूनी उपचारको सुनिश्चितता गरिने छ ।
  • विपन्न वस्ती तथा वडाहरुमा न्यायीक समितिको कार्य सम्पादन सम्बन्धमा अनुशिक्षण गरि विपन्न वर्गलाई निशुल्क कानूनी उपचार प्राप्त गर्नको लागि उत्प्रेरित गरिने छ । न्यायीक समितिको कार्यसम्पादनमा विद्युतिय प्रणालीको विकास गरी शीघ्र न्याय सम्पादन गरिने छ ।
  • अन्तरपालिका तथा न्याय सम्पादनका सम्बद्ध निकायहरुसंग निरन्तर रुपमा अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरि न्यायिक समितिको कार्यसम्पादनलाई क्रमश: परिस्कृत गरिनेछ ।

भूमी  तथा आवास व्यवस्थापन तर्फः

  • भुमी सम्वन्धि समस्या समाधान आयोग मार्फत हाल यस नगरपालिकाको लगत संकलन कार्य सम्पन्न गरिएको छ । विवरणलाई कम्प्युटरमा प्रविष्ट गर्ने कार्य सम्पन्न गरी आ.व. ०७८।०७९ भित्र नै नेपाल सरकारको नीति बमोजिम जग्गाधनी लालपुर्जा वितरण गरिने छ ।
  • जनता आवास कार्यक्रम फूसको छानो विस्थापनको कार्यक्रमाई संघीय सरकारको बजेटको अधिनमा रहि प्रभावकारी कार्यान्वयन गरिनेछ ।

खण्ड 

 

आर्थिक वर्ष  २०७८।७९ को राजस्व तथा  व्ययको विवरण

 

 

 आदरणीय अध्यक्षज्यू एवं सदस्यज्यूहरु,

 

अव म नगरपालिकाको आ.व.२०७८/०७९ का लागि राजश्व तथा व्ययको अनुमान प्रस्तुत गर्न चाहन्छुः

  • सीमित स्रोत साधनले असीमित माग र बढ्दो आकांक्षालाई एकै पटक सम्बोधन गर्न नसकिने यथार्थमा नगरपालिकालाई नेपाल सरकारवाट प्राप्त बजेट सिलिङ्ग, नगरको आन्तरिक आय समेतलाई आँकलन गरी उल्लेखित नीति तथा कार्यक्रमहरु प्राथामिकता आधारमा कार्यान्वयन गर्नका लागि आर्थिक वर्ष २०७८/०७९ का लागि निम्नानुसार बजेट तर्जुमा गरिएको छ ।

बजेटको लक्ष्यः

  • शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ अघि बढी वीरेन्द्रनगरलाई आर्थिक रुपले सम्पन्न, भौतिक रुपले योजनावद्ध शहरी सुविधायुक्त, लैगिक रुपमा महिला मैत्री, सामाजिक रुपले समावेशी/सहभागितात्मक, वातावरणीय रुपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रुपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरको रुपमा निर्माण गर्दै कर्णाली प्रदेशको राजधानीका रुपमा विकास गर्ने लक्ष्य लिईएको छ ।

बजेटका उद्देश्यहरुः

  • अब  आर्थिक वर्ष २०७८/७९ को बजेटका उद्देश्यहरु उल्लेख गर्न चाहन्छु M
  • संसारभर महा विपत्तीका रुपमा रहेको कोरोना (कोभिड १९) संग सामना गर्दे जनचाहना अनुरुप समग्र विकासका गतिविधिलाई समेत अगाडी वढाउने,
  • पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवा, सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापन सहजता ल्याउने,
  • स्वच्छ खानेपानी तथा सरसफाईमा नगरबासीको सहज पहुँचमा वृद्धि गर्ने,
  • कृषि तथा पशुपालन पेशा व्यवसायिक रोजगारमूलक तर्फ उन्मुख गराउनुका साथै कोरोनाका कारण देशमा उत्पन्न हुन सक्ने खाद्य संकट संग सामना गर्न सक्ने वनाउने ।
  • नगरपालिकालाई शैक्षिक पर्यटनको गन्तब्य बन्ने आधार तयार गर्ने,
  • गुणस्तरीय विद्यालय शिक्षामा सवै बाल बालिकाहरुको समतामुलक पहुंच सुनिश्चीत गर्ने ।
  • यूवाहरुमा अनुशासन,सक्षमता स्वावलम्वनको विकास गर्न यूवा प्रतिभा पहिचान तथा प्रर्वद्धनका कार्य गर्ने ।
  • आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि र सुलभता ल्याउनुका साथै कोरोना भाइरस कोभिड १९ को जोखिमसंग सामना गर्न सक्ने स्वास्थ्य संस्था वनाउने ।
  • विद्युतीय सुशासनको क्रमशः विस्तार गर्दै लैजानु,
  • विपदजन्य जोखिम न्यूनिकणका लागि पूर्व तयारीमा रहने ,
  • उद्यम व्यवसाय विकासमा महिलाहरुको अर्थपुर्ण सहभागितामा वृद्धि गरी आय आर्जनमा क्रियाशिल गराउनु,
  • फोहरमैला व्यवस्थापनमा वैज्ञानिक व्यवस्थापनको शुरुवात गर्नु,
  • प्रदेश सरकारका नीति तथा कार्यक्रमसंग सहकार्य गरी विभिन्न योजना तथा कार्यक्रम संचालन गर्ने ।

आय तर्फ                                                   

  • आगामी आर्थिक वर्ष २०७८/७९ मा कूल जम्मा रु. १,५६,५२,६२,६३५ ।– ‍ (एक अर्व छपन्न करोड बाउन्न लाख बैसट्ठी हजार छ सय पैंतिस रुपैयां) जम्मा आय तर्फ रहेको छ । यसको विस्तृत विवरण अनुसुची  मा संलग्न गरिएको छ ।

व्यय तर्फ

  • आय तर्फ प्रक्षेपण गरिएको रकम बमोजिम आगामी आर्थिक वर्षमा चालु खर्च रु. १,१३,१९,२६,०००।– (एक अर्ब तेह्र करोड उन्नाईस लाख छब्बीस हजार रुपैया) र पूँजीगत तर्फ रु. ४३,३३,३६,०००।– (त्रिचालिस करोड तेत्तीस लाख छत्तीस हजार रुपैया) विनियोजन गरेको छू । व्ययतर्फको विस्तृत विवरण अनुसूची  मा संलग्न गरिएको छ ।

नगर सभा सदस्यज्यूहरु,

  • अब म बजेट तथा योजना तर्जुमा दिग्दर्शन, २०७४ ले निर्दिश्ट गरे बमोजिम विषयगत क्षेत्रतर्फ विनियोजित बजेट संक्षेपमा प्रस्तुत गर्न चाहन्छुः

आगामी आर्थिक वर्षमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने शसर्त तर्फका कार्यक्रम बाहेकको नगरकार्यपालिकाको बजेटबाट आर्थिक विकास तर्फ रु ४,८९,६३,०००।– (चार करोड उनासी लाख त्रिसठ्ठी हजार रुपैया मात्र), सामाजिक विकासतर्फ जम्मा रु १३,२४,७२,४७०।– (तेह्र करोड चौबिस लाख बहत्तर लाख चार सय सत्तरी रुपैया मात्र), पूर्वाधार विकासतर्फ जम्मा रु १८,२२,७२,८६८।– (‍अठार करोड बाइस लाख बहत्तर हजार आठ सय अठ्सठ्ठी रुपैया मात्र), वातावरण तथा विपद व्यवस्थापन तर्फ जम्मा रु २,०५,१३,४२०।– (दुई करोड पाँच लाख तेह्र हजार चार सय बीस रुपैया मात्र) र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा जम्मा रु ६,१८,१६,२६१।– (छ करोड अठार लाख सोह्र हजार दुई सय एकसठ्ठी रुपैया मात्र) क्षेत्रगत रुपमा विनियोजन गर्न प्रस्ताव गरेको छु । जसको विस्तृत विवरण अनुसुची ३ बमोजिम रहेको  छ ।

नगरसभा सदस्यज्यूहरु,

प्रस्तुत बजेट तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि नगर कार्यपालिकाका प्रमुखज्यू, नगर कार्यपालिकाका सदस्यज्यूहरु, सम्पुर्ण वडाका वडाध्यक्षज्यूहरु, नगर सभाका सम्पुर्ण सदस्य ज्यूहरु को महत्पपूर्ण भूमिका त छदैँछ त्यसका अतिरिक्त बजेटसंग सम्बन्धित सरोकारवाला व्यक्ति संघ संस्थाहरूको समेत महत्वपूर्ण भूमिका रहेकोछ । साथै यस नगरपालिकाको समग्र विकास गरी शैक्षिक, पर्यटकीय, औद्योगिक, व्यापारिक, सा“स्कृतिक रूपमा सवल, सक्षम, आत्मनिर्भर र समृद्ध बनाउनका लागि सामूहिक प्रयास हुन जरुरी छ । यसका लागि सवै क्षेत्रको महत्वपूर्ण सहयोग रहने अपेक्षा गरेको छु ।

अन्तमा, आफ्नो व्यस्त समयको प्रवाह नगरि नगरपालिकाको भावी रुपरेखा निर्धारण गर्न पाचौं नगरसभा बैठकमा सहभागि हुनुहुने सम्पूर्ण सभासद ज्यूहरुमा हार्दिक आभार व्यक्त गर्दछु साथै नगर सभा सम्पन्न गर्न अहोरात्र खटीरहने मेरा सहयोगी कर्मचारी मित्रहरूलाई विशेष धन्यवाद दिन चाहान्छु ।

 

धन्यवाद 

 

अनुसूची 

.०७८/७९ को आयतर्फ अनुमान

 

क ) आयतर्फ
क्र.सं. शीर्षक २०७७/०७७८को वजेट २०७७/०७८ को संशोधित २०७८ बैशाख सम्मको यथार्थ ०७८/७९ को अनुमान रकम
संघीय सरकार वित्तिय समानीकरण २३६५००००० २३६५००००० २३६५०००००. २५२००००००
संघीय सरकार राजस्व बाँडफाँड १५०२७४९४९ १५०२७४९४९ ११२२३१६७५.४३ १५१३३३०००
विशेष अनुदान ६०००००० ६०००००० ६००००००.
वित्तिय समानीकरण प्रदेश ११९६७००० ११७३१००० ११७३१०००. २९३१२०००
सवारी साधन राजश्व बाँडफाँड प्रदेश ३०००००० ३०००००० २४६२६३५
सामाजिक सुरक्षा  ( अनुमान ) २०४२७८४०० २४३५२१००० २४३५२१००० २५०००००००
सशर्त अनुदान संघीय  सरकार ४५१९००००० ५३०२४०८१० ५३०२४०८१० ४७८७०००००
गरिवसंग विश्शेश्वर कार्यक्रम ५४६००० ५४६००० ५४६०००
महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालय ब.उ.शि.नं. ३४०००१०२ ३७००००० ३७०००००
१० स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम १२९००००० १२९०००००
११ संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालय ब.उ.शि.नं. ३५६०१११ स्थानिय तह प्रशासनिक भवन पूर्वाधार विकास कार्यक्रम १८००००० १८००००० ५००००००
१२ एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम १००००००० १००००००० १०००००००
१३ आन्तरिक आय १२०१४०००० १२०१४०००० १०५९६१५२३.४९ २१७५४००००
१४ गत वर्षको मौज्दात (क्रमागत योजना) १४७६५१४७४ १४७६५१४७४ १४७६५१४७४ ९९६३९०००
१५ गत वर्षको मौज्दात (आन्तरिक तर्फ) ९००००००० ९००००००० ९००००००० ५०००००००
१६ साझेदारी विकास कोष र स्थानीय विकास कोष ८२८०००० ८२८०००० ८२८०००० ८२८००००
१७ मुख्यमन्त्री रोजगार उधमशीलता तथा आयआर्जन कार्यक्रम ७९४२६००० ७९४२६०००
१८ उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय २२२००००० २२२०००००
१९ मूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ५०००००० ५००००००
२० आन्तरिक मामिला तथा कानून मन्त्रालय २२९००००० २२९०००००
२१ सामाजिक विकास मन्त्रालय ब.उ.शि.नं.३५००००११३ १०००००० १००००००
२२ सामाजिक विकास मन्त्रालय ब.उ.शि.नं.३५००००११४ ५०००००० ५००००००
२३ कर्णाली प्रदेश योजना आयोग ब.उ.शि.नं. ३९१०००११३ ३५०००० ३५००००
२४ समपूरक अनुदान प्रदेश सरकार १६०००००० १६००००००.
२५ विशेष अनुदान प्रदेश सरकार ७५००००० ७५०००००.
२६ शशर्त अदान प्रदेश सरकार ५७५००००० ५७५०००००.
२७ लागत सहभागिताबाट प्राप्त हुन रकम ०. १०४५००००
कूल जम्मा ( आय) १४२९९९१८२३ १७९३१६१२३३ १७३७९३९४८३ १५६५२६२६३५

 

 

अनुसूची 

 व्ययको विवरण

क्र.सं. शीर्षक २०७७/०७८ को बजेट २०७७/०७८ को संशोधित २०७७ बैशाख सम्मको यथार्थ खर्च ७८/७९ को व्यय अनुमान रकम
चालु खर्च नगरपालिका तर्फ २१७८३५००० २४८६०००००
संघीय सरकार वित्तिय समानीकरण २३६५००००० २३६५०००००
संघीय सरकार राजस्व बाँडफाँड १५०२७४९४९ १५०२७४९४९
विशेष अनुदान ६०००००० ६००००००
वित्तिय समानीकरण प्रदेश ११९६७००० ११७३१०००
सवारी साधन राजश्व बाँडफाँड प्रदेश ३०००००० ३००००००
सामाजिक सुरक्षा  ( अनुमान ) २०४२७८४०० २४३५२१००० २५०००००००
सशर्त अनुदान संघ ४५१९००००० ५३०२४०८१० ४७८७०००००
गरिवसंग विश्शेश्वर कार्यक्रम ५४६००० ५४६०००
१० महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालय ब.उ.शि.नं. ३४०००१०२ ३७०००००
११ स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम १२९०००००
१२ संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालय ब.उ.शि.नं. ३५६०१११ स्थानिय तह प्रशासनिक भवन पूर्वाधार विकास कार्यक्रम १८००००० ५००००००
१३ एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम १००००००० १०००००००
१४ आन्तरिक आय १२०१४०००० १२०१४००००
१५ गत वर्षको मौज्दात (क्रमागत योजना) १४७६५१४७४ १४७६५१४७४ ९९६३९०००
१६ गत वर्षको मौज्दात (आन्तरिक तर्फ) ९००००००० ९०००००००
१७ साझेदारी विकास कोष र स्थानीय विकास कोष ८२८०००० ८२८०००० ८२८००००
१८ मुख्यमन्त्री रोजगार उधमशीलता तथा आयआर्जन कार्यक्रम ७९४२६०००
१९ उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय २२२०००००
२० मूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ५००००००
२१ आन्तरिक मामिला तथा कानून मन्त्रालय २२९०००००
२२ सामाजिक विकास मन्त्रालय ब.उ.शि.नं.३५००००११३ १००००००
२३ सामाजिक विकास मन्त्रालय ब.उ.शि.नं.३५००००११४ ५००००००
२४ कर्णाली प्रदेश योजना आयोग ब.उ.शि.नं. ३९१०००११३ ३५००००
२५ समपूरक अनुदान प्रदेश सरकार १६००००००
२६ विशेष अनुदान प्रदेश सरकार ७५०००००
२७ शशर्त अदान प्रदेश सरकार ५७५०००००
लागत सहभागिताबाट प्राप्त हुन रकमको खर्च १०४५००००
२९ वांडफांड गर्न बांकी ४५४०४७६३५
कूल जम्मा ( आय) १४२९९९१८२३ १७९३१६१२३३ १५६५२६२६३५

 

 

 

 

 

 

 

 

 

 

 

 

अनुसूचि  – वडा तथा नगरपालिकाका योजना तथा कार्यक्रमको विवरण

.०७८/०७९
क्र.सं. कार्यक्रम / आयोजनाको नाम .०७७/७८ को अनुमान ..०७७/७८ को बैशाख मसान्त सम्मको खर्च .०७७/७८ को संशोधित अनुमान .०७८/७९ को बजेट प्रस्ताव
सामाजिक विकास तर्फ
कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष तथा नगर अस्पताल संचालन ५००००००० १०९३७००० १६६०६८६६ २०००००००
कार्यपालिकाको विभिन्न मितिको निर्णयानुसार अधुरा योजना रकमान्तर गरि  कोभिड कोष वाट भुक्तानी ३३३९३१३४ ३३३९३१३४
कार्यक्रम खर्च (महिला सेनेटरी प्याड वितरण) २०००००० १५६४२९६ २०००००० २००००००
 आमा सुरक्षा कार्यक्रम ५००००० ३९८०० ५००००० ५०००००
महिला स्वंयसेविका कार्यक्रम १५००००० ५७३००० १५००००० २५०००००
नगर जनस्वास्थ्य प्रर्वद्धन ५०००००० १९२६५१२ ५००००० ५००००००
आयुर्वेद कार्यक्रम १००००००
नगर अस्पताल स्थापना तथा संचालन २०००००० २००००००
शिक्षा प्रवर्धन पूँजीगत १००००००० २९५६५०० १००००००० २५००००००
१० शिक्षा प्रवर्धन चालु   -सका विद्यालय कर्मचारी थप तलव समेत_ ७०००००० ३८६०५०० ७०००००० ११५०००००
११ युवा तथा खेलकुद प्रर्वद्धन कार्यक्रम १०००००० ८५०००० १०००००० २५०००००
१२ महिला बालबालिका २०००००० १९५३६९ २०००००० २००००००
१३ जेष्ठ नागरीक लक्षित कार्यक्रम १००००००
१४ अपांग लक्षित कार्यक्रम ५००००० ५००००० १००००००
१५ अल्पसंख्यक परम्परागत सीप प्रवर्धन कार्यक्रम (बादी समुदाय समेत) ५००००० ५००००० १००००००
१६ दलित लक्षित कार्यक्रम १०००००० १०००००० २५०००००
१७ आदिवासी जनजाती लक्षित कार्यक्रम १०००००० १०००००० २५०००००
१८ लागु औषध नियन्त्रण, असहाय नागरिक, सडक बालबालिका व्यवस्थापन १०००००० १०००००० ५०००००
१९  कलासंस्कृती प्रर्वद्धन कार्यक्रम ५००००० ४५५०० ५००००० १००००००
नगर स्तरीय जम्मा ८५५००००० ५६३४१६११ ८१०००००० ८१५०००००
वार्ड तर्फको जम्मा ५०९७२४७०
सामाजिक तर्फ कूल जम्मा ८५५००००० ५६३४१६११ ८१०००००० १३२४७२४७०
पुर्वाधार विकास
२० नगर महत्वको योजना मुख्य वजार पुर्वाधार विकास र म्याचीङ फण्ड सहीत २२५४६९४९ १९२०१५८ २२५४६९४९ २६६८५५६६
२१ शहरी नापी कार्यक्रम ४०००००० ७३४१५० ४०००००० २००००००
२२  वडा नं १५ र १६ मा विद्यूतिकरण क्रमागत १००००००० १०००००००
२३ सिभिल इन्जिनियरिङ्ग ल्याब संचालन चालु ८००००० १४७०० ८००००० ३०००००
२४ खानेपानी संरचना निर्माण तथा मर्मत सहकार्य २५००००० ४७१५०० २५००००० १००००००
२५ दाह संस्कार स्थल निर्माण तथा व्यवस्थापन सहकार्य ५००००० ५०००००
२६ वैकल्पिक बसपार्क र अटो भिलेजको सम्भाव्यता अध्ययन १०००००० १००००००
२७ वैकल्पिक सहायक राजमार्गको सम्भाव्यता अध्ययन १५००००० १५०००००
२८ खोलानाला र सडकको क्षेत्राधिकार नक्सांकन १०००००० १००००००
२९ विभिन्न सडक तथा पूर्वाधार मर्मत (रोलर र सामग्री खरिद समेत) ५०००००० १५००० ५००००००
३० रोलर संचालन तथा सडक पूर्वाधार मर्मत ५०००००० २००००००
३१ नगपालिका प्रशासकिय भवन निर्माण १५००००००
३२ सुरक्षित आवास तथा सिप विकास भवन निर्माण तथा व्यवस्थापन सुधार ५००००००
नगर स्तरीय जम्मा ४८८४६९४९ ३१५५५०८ ५३८४६९४९ ५१९८५५६६
वार्ड तर्फको जम्मा १३०२८७३०२
 पुर्वाधारतर्फको कूल जम्मा ४८८४६९४९ ३१५५५०८ ५३८४६९४९ १८२२७२८६८
वातावरण विपद
३३ विपद  व्यवस्थापन ५०००००० ११८१५०९ ५०००००० २००००००
३४ हरीयाली प्रर्वद्धन र काँक्रेबिहार चिडियाखाना पार्क विकास सहकार्य ५००००० ५२५७० ५००००० १५०००००
३५ नगर सरसफाई प्रर्वद्धन  तथा सहकार्य १०००००० ६४००० १०००००० १००००००
३६ शहरी सौन्दर्य कार्यक्रम, पार्क, फुटपाथ, छाडा पशु, ट्राफीक व्यवस्थापन १५००००० ४९२८७९ १५००००० १५०००००
३७ ल्याडफिल्ड साइट प्रभावित क्षेत्रवासी योजना १०००००० १०००००० १००००००
३८ ल्याडफिल्ड साइट निर्माण ४०००००० ५४९३९४ ४०००००० २००००००
नगर स्तरीय जम्मा १३०००००० २३४०३५२ १३०००००० ९००००००
वार्ड तर्फको जम्मा ११५१३४२०
 वातावरण विपद तर्फको कूल जम्मा १३०००००० २३४०३५२ १३०००००० २०५१३४२०
आर्थिक विकास
३९ नगर कृषि प्रर्वद्धन ९४००००० ३३७३१८५ ९४००००० ६००००००
४० पशु सेवा प्रर्वद्धन ५०००००० १९८२६२५ ५०००००० ५५०००००
४१ महिला स्वरोजगार कार्यक्रम ७५००००० १२८९८३४ ७५००००० १०००००००
४२ सहकारी प्रर्वद्धन सहकार्य ५००००० ५००००० १५०००००
४३ पर्यटन पर्वद्धन कार्यक्रम ५००००० ५००००० ५०००००
४४ घरेलू उध्यम प्रवद्धन १०००००० ३६१२७५ १०००००० १००००००
नगर स्तरीय जम्मा २३९००००० ७००६९१९ २३९००००० २४५०००००
वार्ड तर्फको जम्मा २४४६३०००
 आर्थीक विकास तर्फको कूल जम्मा २३९००००० ७००६९१९ २३९००००० ४८९६३०००
सार्वजनि सेवा ,सुशासन
४५  नगर क्षेत्रभित्र सि.सि. क्यामरा विस्तार तथा मर्मत १२००००० १२००००० १००००००
४६ एकिकृत सफ्टवेयर खरिद तथा सूचना प्रविधी व्यवस्थापन ५०००००० ५००००००
४७ सुशासन प्रर्वद्धन (संचार क्षेत्र प्रोत्साहन तथा पर्वर्धन) २०००००० ३६०५७३ २०००००० १५०००००
४८ दिवस पर्व उत्सव समारोह ५००००० ६०२२० ५००००० ५०००००
४९ ऋण सावा फिर्ता ७५००००० ७५००००० ७५००००० ७५०००००
५० कार्यालय व्यवस्थापन सुधार १०००००० १०००००० १०००००० १००००००
५१ फर्निचर तथा फिक्चर्स १००००००
५२ सवारी साधन मोटरसाईकल खरिद २००००००
५३ मेशिनरी तथा औजार १५०००००
५४ राजस्व संकलन सुधार कार्यक्रम ५००००० ५००००० ५०००००
५५ मेट्रिक घर नम्वर कार्यक्रम ५००००० ५००००० ३०००००
५६ डकर्मी सिकर्मि तालिम सहकार्य ५००००० ५००००० २०००००
५७ बजार व्यवस्थापन तथा नियमन ५००००० ८७२२० ५००००० ५०००००
५८  भैपरी आउने पूँजिगत १२१००००० ७२५९३२० १२१००००० १४९०००००
५९ न्यायिक क्षेत्र सुधार कार्यक्रम (कानून छात्रवृत्ति समेत) चालू १५००००० ५०००० १५००००० ४००००००
६० भूमि सम्वन्धि ईकाइ संचालन ४५०००००
६१ महिला जनप्रतिनिधि क्षमता विकास कार्यक्रम १००००००
नगर स्तरीय जम्मा ३२८००००० १६३१७३३३ ३२८००००० ४१९०००००
वार्ड तर्फको जम्मा २७९१६२६१
 सार्वजनिक सेवा तथा सुशासन  तर्फको कूल जम्मा ३२८००००० १६३१७३३३ ३२८००००० ६९८१६२६१
नगर स्तरीय कुल बजेट       २०८८८५५६६
वार्ड तर्फको कुल बजेट       २४५१५२४५३
सवै क्षेत्रको कूल वजेट २०४०४६९४९ ८५१६१७२३ २०४५४६९४९ ४५४०३८०१९