वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाइने


सुर्खेत । कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई उप महानगरपालिकाको रुपमा घोषणाका लागि नगरसभाबाट प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष अनुरोध गरिने भएको छ । नगरपालिकाको नवाैं नगर सभामा  आर्थिक वर्ष   २०७८/०७९ को नीत तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मोहनमाया ढकालले यस्तो बताएकि हुन् ।