लेकवेशी नगरपालीकाको बजेट ६३ करोड, प्राथमिकतामा पर्यटन र पुर्वधार


लेकवेशी नगरपालीका सुर्खेतले आगामी आर्थिक वर्षका लागी ६३ करोड १६ लाख ८४ हजार १ सय ४५ रुपैँयाको बजेट ल्याएको छ । विहिवार देखी सुरु भएको नगर सभामा कुल विनीयोजीत बजेट मध्य चालु खर्च तर्फ २२ करोड २ लाख ७९ हजार ४ सय ६४ रुपैँया र पुजीँगत तर्फ ४१ करोड १४ लाख ४ हजार ६ सय ८१ रुपैँया बजेट  ल्याएकाे हाे ।

कृषी कार्यक्रम अन्तरगत समृद्ध नगर सुखी नगरबासीको नगर अभियानलाई सफल पार्नका लागी खाद्यान्न आपुर्तीमा आत्मनिर्भर बनाउन कृषीमा आधुनीकीकरण गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

यस्तै नगरपालिकाले बजेट मार्फत स्वास्थ पर्यटन तथा पुर्वधार बिकास लाई जोड दिएको छ पर्यटन तर्फ लेकवेशीका पर्यटकिय स्थलहरु मालधुरी नेटा, भोटेदरबार, सात्तले गुफा, बागदुल्ला गुफा, ठ्युरो गुफा,लामीडाँडा थाम, लेकवेशी २ को स्कुल डाँडा लगाएतलाई पर्यटकिय रुपमा विकास गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ भने भौतीक पुर्वाधार तर्फ लेकलेशीको समृद्धी र सामाजिक तथा सांस्कृतिक विकास संग जोडिएको धुलियाबिट भेडाबारी बोटैचौर सडकलाई सम्पन्न गर्नका लागी संघिय सरकार संग परिणममुखी पहल गर्ने निती नगरपालिकाले लिएको छ ।

बजेट कोभिड १९ सामना गर्न जनचाहानाअनुरुप समग्र विकासका कामहरु अगाडी बढाउने, पुर्वाधारको विकास विस्तारबाट  जिवनस्तरमा सहजता ल्याउने उदेश्य राखेको छ ।