नगर अस्पतालद्वारा अक्सिजन उत्पादन शुरु


वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा नगर अस्पतालले अक्सिजनउत्पादन शुरु गरेको छ । सामाजिकविकास मन्त्रालय र चौधरी गु्रपको आर्थिक सहयोगमानगरपालिकाले नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी उत्पादन शुरु गरेको हो ।
नगर प्रमुख देवकुमार सुवेदीले अस्पतालबाट परीक्षण उत्पादनसमेत भइसकेको जानकारी दिनुभयो ।

“प्लान्ट जडान र परीक्षण उत्पादन सफलभयो, चौबिस घण्टामा १५० देखि १७० थान सिलिन्डर भर्न सकिनेछ,”उहाँले भन्नुभयो, “अब अक्सिजनअभावको समस्या रहँदैन्, यहाँबाट फ्युलिङ गरेर अन्यजिल्लामा पठाउन सहजहुनेछ ।” कोभिड १९ को दोस्रो लहरको शुरुवातीदिनमा कर्णालीप्रदेशमाअक्सिजनको चरम अभावभएको थियो । जसले गर्दा अक्सिजनदिनुपर्ने श्वासप्रश्वासमा समस्या देखिएकागम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्याभएको थियो ।

यसैबीच, प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले नयाँ जडानथालिएका र पुराना गरी कर्णालीमा २० अक्सिजन प्लान्ट स्थापनाहुने जनाएको छ । तीमध्ये ११ ठूला र ९ सानाप्रकृतिकाछन् । ठूला ११ प्लान्टमध्ये रुकुमपश्चिम र कालीकोटमा मात्रनयाँ प्लान्ट जडान भई सञ्चालनमाल्याइएको छ भने अन्य क्षेत्रमा जडानकै क्रममाछन् । प्रदेश स्वास्थ्यनिर्देशक डा रबिन खड्काले अधिकांशअस्पतालहरुमा अक्सिजन प्लान्ट जडान तथा सञ्चालनप्रक्रियाअन्तिम चरणमा पुगेको बताउनुभयो । प्रदेश अस्पताल सुर्खेतमाथपदुई वटा अक्सिजन प्लान्ट निर्माणको तयारी थालिएको छ ।