वीरेन्द्रनगरकाे वडा नं. १ कार्यालयमा आगजनी


सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाकाे १ नम्बर वडा कार्यालयमा आगजनी गरिएकाे छ । आज विहान करिव साढे १० बजेतिर वडाअध्यक्ष गंगाराम सुनारकाे कार्यकक्षमा आगजनी गरिएकाे हाे ।

 

साेही वडाका स्थानीय वास्तान लामिछानेले आगजनी गरेकाे हुनसक्ने वडाअध्यक्ष सुनारले आराेप लगाएका छन् । ‘स्थानीय वास्ताम लामिछानेले १० बजेपछि फाेन गरेका थिए । आफु नगरपालिकाकाे गाेष्ठीमा सहभागी भएकाेले कार्यावाहककाे जिम्मेवारीमा दिएकाे लामिछानेलाइ जानकारी गराए ।’ वडाअध्यक्ष सुनारले भने, ‘मलाई सवा दश बजेतिर अफिसको नम्बरबाट ती व्यक्तिले फोन गरेर दश बजे अफिस किन नआएको भन्दै तेरो घाँटी काटि चिलाएकाे हाे भन्दै घाँटी काटिदिने र वडा कार्यालय जलाइदिने धम्की दिएका थिए ।’

 

आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष वस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको वडा अध्यक्ष सुनारले जानकारी दिए ।

घटनास्थलमा नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले पुगेर निरीक्षण गरेका छन् । उनले सरकारी सम्पतीमाथि क्षति पु¥याउने कसैलाई पनि कानुनले नछोड्ने बताए । अहिले वडा कार्यालयमा प्रहरीले मुचुल्का गर्दैछ । घटना स्थलमा प्रहरी टाेली पुगेर अनुसन्धान भैरहेकाे र वास्ताम फरार रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।