आरवीडि कम्प्लेक्स उद्धघाटन


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ६ पुरानो बाणिज्य बैंक बसेको घरमा आरवीडि कम्प्लेक्स सञ्चालनमा आएको छ । बिहिबार एक कार्याक्रम बिच आरवीडि कम्प्लेक्सको उद्धघाटन् समेत गरिएको छ । उक्त आरवीडि कम्प्लेक्स प उद्धघाटन् सञ्चालक विवेक खड्काका हजूर बुबा टेकबहादुर खड्का र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देककुमार सुवेदीले संयुक्त रूपमा रिवन काटेर उद्धघाटन् गरेका हुन् ।
कम्प्लेक्सका सञ्चालक विवेक खड्काका अनुसार करिब एक करोड ५० लाखको लगानीमा कम्प्लेक्स सञ्चालनमा आएको बताए । उनले भने ‘हामी सँग नेपालमै उत्पादन हुँने तीन प्रकारका समानहरू उपल्बध रहेका छन् । जस्मा गोल्डस्टार कम्पनिका जुताहरू सबै साइजका, न्युम्यु कम्पनिका चस्माहरू र सोनम कम्पनिका कपडाहरू रहेका छन् ।’ विवेकले आफ्ना हजूर बुबा टेकबहादुर खड्काको सपना पुरा गर्नको लागि हजूर बुबाको सल्लाह बमोजिम नेपाली ब्रान्डको बिक्री गर्ने बताए । त्यस्तै नगरप्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर भित्र नेपालमै उत्पादन हुँने बस्तुहरु एकै ठाउँमा पाउँने भएकोमा खुसी व्यक्त गरे । प्रमुख सुवेदीले यी समानहरु सँगै नयाँ समानहरु थप्दै जान र निरन्तता दिई टिकाई र बिकाई राख्न आग्रह समेत गरे ।