बाँकेबाट केन्द्रीय सदस्यमा बसन्ती अधिकारीको उम्मेदवारी घोषणा


 नेकपा (एमाले) को आजदेखि चितवनको सौराहामा शुरु दसौं राष्ट्रिय महाविधेशनका लागि बाँकेबाट महिला नेतृ बसन्ती अधिकारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।
महिला खुला कोटाबाट चितवनमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टीमा लामो समय पु¥याएको योगदानको कदर गर्दै आफू केन्द्रीय सदस्यमा उठ्ने बताइन । कोहलपुर नगर कमिटी अध्यक्षसमेत रहेकी उनी हाल एमाले प्रदेश कमिटी सदस्य छिन् । नेतृ अधिकारीले पार्टीलाई गतिशिल बनाउन केन्द्रीय समितिमा नयाँ अनुहारले स्थान पाउनुपर्ने धारणा राखिन ।