वीरेन्द्रनगरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा


वीरेन्द्रनगर : सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल सरुवा भएका छन् । वीरेन्द्रनगर नगरपालिकामा ३२ महिना कार्यकाल पुरा गरेर कोहलपुर नगरपालिकामा सरुवा भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत ढकालले आफ्नो कार्यकालमा नगर क्षेत्रभरी करिव ५५ किलोमिटर आफ्नै अप्टिकल फाईबर सहित ८९ स्थानमा सिसिटिभी क्यामेरा विस्तार, आन्तरिक सञ्चार सेटको सुरुवात,एकीकृत सफ्टवेयर प्रणालीको सुरुवात, अधिकांश कार्य अनलाईनबाट गर्न मिल्ने तथा खर्च ब्यवस्थापमा सूत्र प्रणालीको पूर्ण प्रयोग, भुक्तानी प्रणालीमा एकरुपता तथा वडा कार्यालयहरुबाट संचालित गैरकानूनी सरकारी खाताहरु बन्द गरी एकीकृत भूक्तानी प्रणाली सुरुवात एवम् समायोजन पश्चात करिव ३५० जना कर्मचारी ब्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई अधिकार प्रत्यायोजन गरी कार्यसम्पादन करार समेत सुरुवात तथा अन्तरिम O&M लागु, स्थानीय सेवा ऐन तर्जुमा र कार्यान्वयन गरी लामो समय सम्म वृत्ति विकास रोकिएका कर्मचारीहरुको स्तरवृद्धि, अक्सिजन प्लान्ट तथा नगर अस्पताल संचालन जस्ता कार्यहरू भएको बताए।
ढकाललाई बुधबार एक कार्यक्रम गरेर नगर प्रमुख देवकुमार सुवेदी, उप-प्रमुख मोहनमाया ढकाल, नगरपालिकामा कार्यरत कर्मचारीले बिदाइ समेत गरेका छन् ।