प्रथम उत्सव फुट्सल कप उद्घाटन


सुर्खेत । वीरेन्द्रनगरमा प्रथम उत्सव फुट्सल कप उद्घाटन भएको छ । बिहिवार वीरेन्द्रनगर ०४ मा रहेको उत्सव युवा क्लबको आयोजनामा सुरु भएको प्रथम उत्सव फुट्सल कपको उद्घाटन भएको हो ।

वडा नम्बर ०४ मा रहेका ९ वटा टोल विकास समितिका युवाहरू बिच फुट्सल प्रतियोगिता सञ्चालन हुने क्लबका सचिव नवराज खत्रीले जानकारी दिनुभयो ।
उक्त फुट्सल प्रतियोगिता फागुन ७ शनिबार सम्पन्न हुनेछ । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ०४ का अध्यक्ष निलकण्ठ खनाल , भैरव सामुदायिक वनका अध्यक्ष अम्मर कार्की , सुर्खेत उधोग बाज्णिय संघका महासचिव लक्ष्मण कडेल , वडा नम्बर ०४ का सबै टोल विकास समितिका अध्यक्षहरू,  तथा क्लबका अध्यक्ष विलियम बस्नेत, उपाध्यक्ष जीवन गिरी र सचिव नवराज खत्री लगायत दुई सयभन्दा बढीको सहभागीता रहेको छ ।


कार्यक्रमको लागि अर्थिक सहयोग तथा समन्वय वीरेन्द्रनगर नगरपालिका वडा नं. ०४ को वडा कार्यालय , भैरव सामुदायिक वन समिति , असिम अटो पार्टस, वडा स्तरीय युवा संजाल वीरेन्द्रनगर नगरपालिका ०४ ले गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ०४ का वडा अध्यक्ष निलकण्ठ खनालले आफू सधैं वडाका युवाहरू सँगै सँगै भएर आफ्नो तर्फबाट सकारात्मक सहयोग गर्ने बताउनुभयो । वडाका फुटबल खेलाडी सुदिप गुरूङ राष्ट्रिय टोलीबाट खेले झैं यस वडाका युवा खेलाडीलाई पनि आफुले भविष्यमा राम्रो खेलाडी भएको देख्न पाउने छु भन्ने आशा गरेको उहाँको भनाई थियो।