वीरेन्द्रनगरका उप–प्रमुख ढकालसहित ३३ जना जनप्रतिनिधिले दिए राजिनामा


सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिको उप प्रमुख मोहनमाया ढकाले पदबाट राजीनामा दिएकि छन् । आइतबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गदै ढकालले वीरेन्द्रनगरको उप–मेयरको पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।
नेकपा एमाले सुर्खेतले वीरेन्द्रनगरको नगर प्रमुखमा ढकाललाई अगाडि सारेको छ यस्तै, उप–प्रमुख ढकालसँगै ३३ जना जनप्रतिनिधिले राजिनामा दिएका छन् । उप प्रमुख ढकालले पाँच वर्षको अवधिमा नगरपालिकाको समग्र विकास एकजुट भएर अगाडि बढेको बताउनुभयो ।