विद्रोही म


म आखामा प्रसान्त महासागर ,बोकि हिडेको मान्छे हु
महोदय कृपया मलाई हेर्ने चेस्टा नगरिदिनुहोला
विचार गर्नुहोस् यदि मैले हेर्नलाइ आँखा खोले भने
मेरा आँखा डुबानमा परि
अथक मिहिनेतले गरेको
सोह्र श्रृङ्गार सँगै हजुरलाई बगाउन सक्छन
प्रियका मनका भवना ओठको लाली
आँखाको गाजल सबै बगाउन सक्छ
निथ्रुक्कै पार्न सक्छ
म मेरा ओठमा विनम्रताको सर्गम बोकि हिडेको मान्छे ,
कृपया मलाइ, बोलाउने चेस्टा नगरिदिनुहोस्
यदि मैले बोल्नलाइ ओठ खोले भने
मेरा ओठ बाट निस्क्ने विनम्रताको झटारोले तिम्रो अहम्ताको महललाई ढलाउन सक्छ
म काधमा जिम्मेवारीको भार बोकि हिडेको मान्छे,
कृपया मलाइ घ्च्याउने चेस्टा नगरिदिनुहोस्
विचार गर्नुहोस् यदि मैले घचिए भने
मेरा काध बाट झरेको जिम्मेवारीको भारले हजुरको बेमतलबी जिन्दगी पुरिदिन दिन एक सेकेन्ड पनि लाग्ने छैन
म मनमा क्रान्तिको ज्वाला बोकि हिडेको छु,
कृपया मलाइ चलाउने चेस्टा नगरिदिनुहोस्
विचार गर्नुहोस् यदि मैले मन खोले भने
मेरो मन बाट निस्क्ने क्रन्तिको ज्वालाले हजुरको व्यवहारको साम्राज्य जलाउन छुनभर लाग्ने छैनन्
प्रिय् म खुट्टामा उन्नतिका पाइला बोकि हिडिरहेको छु
कृपया मलाइ पछार्ने चेस्टा नगरिदिनुहोस् विचार गर्नुहोस्
यदि म पछारिए भने
मेरो खुट्टाबाट निस्किने उन्नतिका पाइलाले हजुरको वैमनस्यतालाई कुल्चिन सक्छ प्रिय् !!
लेखकः रचना पौडेल ( पौडेल मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ ल मा अध्ययनरत छन)